ग्रामीण सडकका कारण पहिरो जाँदा आठ घर विस्थापित

पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् ।गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिरोका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरे

सम्बन्धित सामग्री

दाउन्नेमा पहिरो, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालन

कावासोती – पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो जाँदा चार घर विस्थापित भएका छन् । लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्वपश्चिम राजमार्ग र बजारका घरमा चिरा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता सन्तोष पाठकले बताए। पहिराका कारण सडक चर्किएपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फीरूपमा मात्रै सञ्चालन गरिएको र चर्किएका घरका परिवारका सदस्य […]

दाउन्नेमा पहिरो : तीन घर विस्थापित, सडक एकतर्फी

केही दिनदेखि लगातार परेको वर्षाका कारण पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा पहिरो जाँदा तीन घर विस्थापित भएका छन् भने पूर्वपश्चिम राजमार्गमा एकतर्फी यातायात सञ्चालन भएको छ ।

लमजुङको दोर्दीस्थित ढोडेनीमा पहिरो, जोखिममा घरहरु

लमजुङ दोर्दी गाउँपालिका– ६ ढोडेनीमा गए राति पहिरो जाँदा घरहरु जोखिममा परेका छन्। उक्त पहिराले चार घर विस्थापित भएका छन् भने करिब ४० रोपनी खेतबारीमा नोक्सान पुगेको प्रहरीले जनाएको छ।

ओखलढुंगामा ८ घर पहिरोको जोखिममा

ओखलढुंगा । सडकका कारण ओखलढुंगाको मोलुङ गाउँपालिका-७ पात्लेका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ । अति विकट रहेको यो क्षेत्रमा सडक ट्रयाक खोलिएपछि पहिरोको जोखिम निम्तिएको हो । सडकका कारण पहिरो जाँदा बाख्रे गाउँका ८ घर जोखिममा परेका छन् । पहिरोले एक घर विस्थापित भएको छ । स्थानीय बालबालिका आधारभूत विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ […]

मान्बु पहिरोबाट विस्थापितलाई त्रिपाल

गोरखाको मान्बु–१ श्यामचेतमा पहिरो जाँदा ४० घर विस्थापित भएका छन्। बुधबार साँझ गएको पहिरोले दुईवटा घर बगाएको र अन्य करिब ४० भन्दा बढी घर जोखिममा परेका हुन्।...

ओखलढुङ्गामा पहिरोले आठ घर विस्थापित

ओखलढुङ्गा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्ण रूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साबिक पोकली गाविसमा पर्ने […]

ओखलढुङ्गामा पहिराले आठ घर विस्थापित

ओखलढुङ्गा - पहिराले लिखु गाउँपालिका-९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए …

ओखलढुंगामा पहिरोले आठ घर विस्थापित

१० साउन, ओखलढुंगा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा […]

लगातारको वर्षासँगै पहिरो जाँदा २९ घर विस्थापित

म्याग्दी। केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन्। अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्‍याएको हो। पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए।

जाजरकोटमा पहिरो खस्दा दश घरमा क्षति, ३५ घर विस्थापित

जाजरकोटको नलगाड नगरपालिका– ५ कालिमाटीमा पहिरो जाँदा दश घरमा क्षति पुगेको छ भने ३५ घर विस्थापित भएका छन्