फागुन ६, काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्सको संस्थापक समूह तर्फको शेयर बोलकबोल माध्यमबाट बिक्रीमा आउने भएको छ ।
फाइनान्सले संस्थापक शेयरतर्फको २ लाख ३ हजार ५८० कित्ता शेयरको न्यूनतम प्रतिकित्ता रू. १८५ को दरले बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो । सो बोलपत्रमा फागुन ६ गतेदेखि १३ गतेसम्म आवेदन दिन सकिने छ ।
बोलपत्र कार्य प्रयोजनार्थ संस्थाको बिक्री प्रबन्धक एन एम बि क्यापिटल लिमिटेड रहेको छ ।