काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाएर मन्त्रालयका कामबारे जानकारी लिएका हुन्। सरकार प्रमुखको हैसियतले प्रचण्डले विभिन्न मन्त्रालय र निकायहरूको काम कारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले जानकारी दिए।त्यसक्रममा सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरूले भोग्नु परेको