काठमाडौँ । फाइजरका खोप लगाउनका लागि आवश्यक सिरिन्ज नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आज (मंगलबार) सिरिन्ज आइपुगेको हो । महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले मंगलबार २:५० को फ्लाइटमा सिरिन्ज नेपाल आइपुगेको जानकारी गराएका हुन् । खोपका लागि आवश्यक पर्ने घोलक भने गत बुधबार नै आइसकेको छ […]