मधेश प्रदेशका प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव ‘विक्की’ले कोशी सम्झौता कार्यान्वयनका लागि भारत विहार सरकारका उपमुख्यमन्त्री रेणु देवीलाई ध्यानाकर्षण गराएका छन् । भारत विहारको पटना पुगेर उपमुख्यमन्त्री रेणु देवीलाई उनले ध्यानाकर्षण गराएका हुन् ।जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद विक्कीले सप्तकोशी नदीबाट निस्केको पश्चिम नहरको किनार हुँदै बनेको सडक मर्मतका लागि ध्यानाकर्षण गराएको बताए । सप्तकोशी नदीबाट नहर निर्माण हुँदा नेपाल–भारतबीच भएको सम्झौता अन