कोरोना संक्रमण नियन्त्रणमा छ, अब खोप चाहियो : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण नियन्त्रणमा रहेको र अहिले घट्दै गइरहेको बताएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनबिसीलाई दिएको अन्तरवार्तामा ओलीले अहिले संक्रमणदर ७५ प्रतिशतसम्म घट्दै गएको बताएका हुन्। उनले दोस्रो लहरको सुरुवातमा संक्रमण र मृत्युदर दुबै बढेको बताए। ‘त्यतिबेला हामीकहाँ अस्पतालमा बेड पुगेन, अक्सिजन, अक्सिजन सिलिन्डरको अभाव भयो, प्रधानमन्त्री ओलीले भनेका छन्, 'अहिले सबै कुरा हाम्रो नियन्त्रणमा छ।’ प्रधानमन्त्री ओलीले अह

सम्बन्धित सामग्री

कोरोना संक्रमण नियन्त्रणबारे प्रधानमन्त्री देउवाले के भने ? (भिडिओसहित)

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रणको खोपको प्रभावकारी रहेको बताएका छन् । आफ्नो कार्यकाल ६ महिना पुगेको अवसरमा आज (शुक्रबार) राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका छन् । साथै, उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र […]

कोरोना नियन्त्रणमा सक्रियतापूर्वक लाग्न मन्त्री लामाको निर्देशन

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । बुधबार हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले कोरोना संक्रमण नियन्त्रणमा सक्रिय रुपमा लाग्न र आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।मन्त्री लामाले अस्पताल र निर्देशनालयले प्रदेशस्तरमा कोरोना जोखिम नियन्त्रणका लागि भएको तयारी र व्यवस्थापनका बारेमा  हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयबाट जानकारी लिएका थिए । निरीक्षणका क्रम

प्रदेश १ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा यस्तो छ तयारी

कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । पछिल्लो समय सीमा नाकामा कडाई गर्नेदेखि अस्पताल व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो । विशेष गरी विराटनगरमा केही दिन यता संक्रमितको संख्यामा वृद्धि देखिएको छ । योसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा स्थानीय प्रशासनले पनि कडाई गर्ने भएको छ ।स्थानीय प्रशासनले माघ १ देखि लागू हुने गरी सार्वजनिक स्थलमा निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने र मास्क नलगाई हिँडेको खण्डमा एक सय रुपैयाँ जरिवाना तिराउने व्य

अमेरिकामा पुनः देखिन थाल्यो दैनिक एक लाखभन्दा बढीमा कोरोना संक्रमण

२४ साउन, काठमाडौं । अमेरिकामा पुनः दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघ्न थालेको छ । अमेरिकाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को तथ्यांकअनुसार अमेरिकामा केही नियन्त्रणमा देखिएको कोरोना संक्रमण पुनः बढ्न थालेको हो । अहिलेसम्म अमेरिकामा ७०.६ प्रतिशत वयस्क नागरिकले कोरोना खोप लगाइसकेका छन् । जसमध्ये ६०.९ प्रतिशतले खोपको पूरा डोज लिइसकेका छन् । यद्यपि […]

अमेरिकामा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौं।अमेरिकामा कोरोना संक्रमण पुनः बढेको छ। वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा थप ८४ हजार १८६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ। अमेरिकामा हिजो यो संख्या ७७ हजार ८२५ रहेको थियो। मंगलबार अमेरिकामा ५२ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए। अमेरिकाले कोरोना नियन्त्रणमा आएको जनाउँदै खोप लगाएकाले मास्क समेत लगाउन नपर्ने नियम बनाएपछि संक्रमण पुनः बढ्न थालेको हो।

कोरोना नियन्त्रणमा कमजोर बन्दै बागमती सरकार

हेटौंडा : कोरोना भाइरसको संक्रमण र यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहँदा यसको नियन्त्रणमा बागमती प्रदेश सरकारको भूमिका कमजोर देखिएको छ।कोरोना संक्रमितको उपचार र यसको नियन्त्रणमा निजी क्षेत्रदेखि प्रतिपक्षी दल सक्रिय हुँदा बागमती प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। राजधानी हेटौंडामा दैनिक कोरोना संक्रमणका कारण २ देखि ६ जनासम्मको ज्यान गइरहेको छ। यस्तोमा पनि प्रदेश सरकारले ठोस कदम चाल्न सकेको छैन। दोस्रो लहरको कोरोना संक्रमण सुरु भएको दुई महिना पुग्न लागिस

जापानमा पाँच मिनेटमै कोरोना परीक्षण

काठमाडौं। जापानले पाँच मिनेटमा नै कोरोना संक्रमण थाहा पाउने प्रविधि पत्ता लगाएको दाबी गरेको छ। जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको हो।नयाँ प्रविधिले कोरोना संक्रमण नियन्त्रणमा मद्दत पुग्ने जापानको राष्ट्रिय टेलिभिजन संस्था एनएचकेले जनाएको छ। इन्स्टिच्युटका एक वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्न सहज हुने बताए।(एजेन्सी)

समन्वयको अभावमा कोरोना संक्रमण बढ्ने आशंका

यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा तदारुकता देखाउनैपर्छ । हाम्रो देश नेपाल कम जनसंख्या भएको कारण यहाँ कोरोना नियन्त्रण गर्न सम्भव छ । यसका लागि सरकारले आवश्यक सजकता सतर्कता तत्काल र दीर्घकालीन गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्वाधार तयारी अवस्थामा चौबीसै घन्टा तैनाथ हुनुपर्छ । सबैभन्दा पहिला सम्भावित जोखिमका क्षेत्र ठाउँ श्रोत पहिल्याउन ढिलो गर्नु हुँदैन । छिमेकी मुलुक