काठमाडौं। जापानले पाँच मिनेटमा नै कोरोना संक्रमण थाहा पाउने प्रविधि पत्ता लगाएको दाबी गरेको छ। जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको हो।नयाँ प्रविधिले कोरोना संक्रमण नियन्त्रणमा मद्दत पुग्ने जापानको राष्ट्रिय टेलिभिजन संस्था एनएचकेले जनाएको छ। इन्स्टिच्युटका एक वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्न सहज हुने बताए।(एजेन्सी)