यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा तदारुकता देखाउनैपर्छ । हाम्रो देश नेपाल कम जनसंख्या भएको कारण यहाँ कोरोना नियन्त्रण गर्न सम्भव छ । यसका लागि सरकारले आवश्यक सजकता सतर्कता तत्काल र दीर्घकालीन गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्वाधार तयारी अवस्थामा चौबीसै घन्टा तैनाथ हुनुपर्छ । सबैभन्दा पहिला सम्भावित जोखिमका क्षेत्र ठाउँ श्रोत पहिल्याउन ढिलो गर्नु हुँदैन । छिमेकी मुलुक