प्रशान्त महासागरमा रहेको मुलुक टोंगामा शनिवार समुद्रमुनि ज्वालामुखी विस्फोट भएको छ ।
त्यसको खरानी २० किलोमिटर परसम्म पुगेको छ ।
ज्वालामुखीका कारण टोंगामा खरानी र ससाना ढुंगाको वर्षा भएको थियो । सुनामीको समेत अलर्ट जारी गरिएको थियो ।
अमेरिका र जापानले प्रशान्त महासागरका तटवर्ती क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरेका छन् ।
जापानले तीन तीन मिटर अग्लो लहर उठ्न सक्ने चेतावनी दिएको छ । अमेरिकाले लहर आउने र तटीय बाढीको चेतावनी जारी गरेको छ ।
टोंगाका साथै फ...