नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । यो वर्ष सन् २०२४ मा दुई मुलुकले ५० औं वर्षगाँठ मनाउने चरणमा छ । त्यसका लागि काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासले ५० वर्षको लोगोसमेत सार्वजनिक गरिसकेको छ । दक्षिण कोरियाले नेपालको आर्थिक, पूर्वाधार, प्राविधिक, कृषिलगायत विभिन्न क्षेत्रमा घनिष्ठ मित्रका रूपमा सहयोग गर्दै आइरहेको छ ।