मुस्ताङी स्याउको स्वाद हरायो

‘असोज पहिलो साताअघि दाना नटिप्न किसानलाई अनुरोध गरेका छौं। छिटो टिप्दा स्वाद नै हरायो,’ थापाले भने, ‘मुस्ताङी स्याउको पहिचान नै गुम्ने डर भयो।’ थापाका अनुसार किसानले भदौ मध्यदेखि नै स्याउ टिप्न थाल्छन्। बगैंचा नै ठेक्कामा लिएका ठेकेदारले बेला नहुँदै टिपेर...

सम्बन्धित सामग्री

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

गलेश्वर (म्याग्दी), २२ भदौ । स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ । […]

मुस्ताङको स्याउ असोजअघि टिप्न नपाइने

स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले असोज लागेपछि मात्रै स्याउ बजार पठाउने निर्णय भएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभयो ।

हिमाली गाउँमा बोट बचाऊ चामल खाऊ कार्यक्रम प्रभावकारी बन्दै

बाजुरा । हिमाली गाउँपालिका बामु–४ की निरुकला रोकायालाई गत वर्षसम्म स्याउ कस्ता हुन्छन् भन्ने थाहै थिएन । आफ्नै बारीमा फलेको स्याउको स्वाद चाखेसँगै उहाँले स्याउबारे थाहा पाउनुभयो । ‘अगाँत (अगाडि) हामी गाउँलेलाई स्याउ भनेको के हो थाहै थिएन । कोल्टी, धनगढी काठमाडौं गएका मान्ठा (मान्छे) लाई थाहा हुँदो हो । हामी घरको धेलो (दैलो) नछोड्नेलाई […]

जुम्लामा स्याउ महोत्सव सम्पन्न

जुम्ला : तेस्रो स्याउ महोत्वस मंगलवार सम्पन्न भएको छ। स्याउको बजारीकरणमा राज्यको प्राथमिकतामा पार्नुपर्ने निष्कर्ष निकाल्दै महोत्सव सम्पन्न भएको हो।काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा दुई दिन चलेको महोत्सवमा  स्याउका विभिन्न परिकारका १४ वटा प्रतियोगात्मक स्टल राखिएका थिए। कृषि विज्ञले किसानको स्याउको स्वाद, गुणस्तर, र आकार परीक्षण गरेका थिए।उत्कष्ट हुने पहिलो, दोस्रो र तेस्रो स्थान आउने कृषकलाई पुरुस्कृत भए। चन्दननाथ नगरपालिका ७ मिचा गाउँका रत्नबहादुर बमको स्याउ प्रथम भएको छ । चन

एकै जनाले फलाउँदै तीन करोडको स्याउ

मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म गुरुङ अग्रस्थानमा हुनुहुन्छ । उहाँ मुस्ताङमा व्यावसायिक रूपमा स्याउखेती गर्ने पहिलो व्यक्ति मानिनुहुन्छ । मुस्ताङको सदरमुकाम जोमसोम पारिपट्टि रहेको क्षेत्रमा उहाँको मुख्य रूपमा स्याउखेती रहेको भए पनि अन्यत्र सात स्थानमा बगान छ । गत वर्ष उत्पादन राम्रो नभएको अवस्थामा झन्डै दुई करोड रुपियाँको स्याउ बेचेको दाबी गर्ने गुरुङ यस वर्ष तीन करोड रुपियाँको बिक्री हुने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “यस वर्ष स्याउको बोटमा लागेको फल र बजार मूल्यका आधारमा तीन करोड रुपियाँ आउने अपेक्षा गरेको छु ।”

डोल्पामा नयाँ जातका स्याउ परीक्षण

स्याउ उत्पादनका हिसाबले उत्कृष्ट जिल्ला डोल्पामा नयाँ जातको स्याउ परीक्षण सुरु भएको छ । हिमाली क्षेत्र डोल्पामा तीन प्रकारका हावापानी छ । यसमध्ये मध्य डोल्पामा मात्रै स्याउँ पाइन्छ ।  यही मध्य डोल्पामा फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातको स्याउ परीक्षण सुरु गरिएको हो । ठूलीभेरी नगरपालिका–७  बागवानी विकास केन्द्रले इटालीबाट स्याउको बिरुवा ल्याएर परीक्षण सुरु गरेको हो । जसको उत्पादन र स्वाद हेरेर अन्यत्र विस्तार गर्ने केन्द्रको योजना रहेको कार्यालय प्रमुख सम्पति बुढाले बताए ।&

डोल्पामा उच्च घनत्वको स्याउ

डोल्पामा उच्च घनत्वको फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड स्याउको परीक्षण थालिएको छ । ठूलीभेरी नगरपालिका–७ स्थित बागवानी विकास केन्द्रले स्याउको परीक्षणका लागि इटालीबाट बिरुवा ल्याएको हो । परीक्षणकै लागि केन्द्रले फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातका स्याउ केन्द्रमा लगाइएको छ । जसको उत्पादन र स्वाद हेरेर अन्यत्र विस्तार गर्ने केन्द्रको योजना छ ।

जुम्ली स्याउको मूल्य १ सय ५१ रुपैयाँ

जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन्। उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मुल्य बढि हुनु कुनै अनौठो होइन। यो मुल्य पनि निकै कम हो।’

मुस्ताङी स्याउः नपाक्दै टिप्दा स्वादै हरायो

हिमालपारिको जिल्ला मुस्ताङको स्याउको पहिचान धेरैतिर छ । चिसो हावापानी भएको भूगोलमा फल्ने भएकोले मुस्ताङमा उत्पादित स्याउले धेरै उपभोक्ताको मन पनि जितेको हो । तर, पछिल्लो समय मुस्ताङी स्याउको स्वाद हराउँदै गएको गुनासो आएपछि पूर्ण रुपमा नपाक्दै स्याउ नटिप्न अनुरोध गरिएको छ ।

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

“बजारमा स्याउको रक्सीको माग अत्यधिक छ”, उनले भने, “मुस्ताङबाट जोमसोम हुँदै पोखरासम्म पुग्ने बाटाको समस्या आदिका कारण पनि मुस्ताङमा उत्पादित स्याउको रक्सी तयार गरी बजारमा पुर्‍याउन सक्ने देखिन्छ ।” सरकारले मदिरामा लगाएको करमा केही छुट गरी कृषकलाई यसतर्फ प्रोत्साहन गर्नुपर्ने उनले ओँल्याए । त्यस्तै रासायनिक मल, अन्य कृषि उपकरण सर्वसाधारणले सहज तथा सुपथ मूल्यमा प्राप्त गर्न सक्ने वातावरण तयार गर्नुपर्ने उनले बताए । एक्काइस वर्षअघि बुबाको पालादेखि नै डिष्ट्रिलरी सञ्चालन गर्दै आएका थकालीले हाल वार्षिक झण्डै रु एक करोड बराबरको कारोवार गर्दै आउनुभएको छ । पर्यटकीय जिल्लासमेत भएकाले मुस्ताङ पुग्ने पर्यटकले स्याउको रक्सीको स्वाद लिएर फर्कने गरेको र कतिपयले घर फर्किँदा कोसेलीका रुपमा पनि लिएर आउने गरेका छन् ।