समाज र देशका समसामयिक विषयवस्तुलाई टपक्कै टिपेर शब्द–संगीतमा गाँस्न माहिर छन्, सर्जक प्रकाश सपूत । आफ्नो सिर्जनामा ‘माटोको स्वाद’ पस्कनुपर्छ भन्ने मान्यता राख्छन्, उनी । गाउँघरमा चलनचल्तीमा बोलिने शब्द, लवज, लय र भावलाई आफ्ना सिर्जनामा मिसाउँछन्, उनी । सिर्जनामा माटोकै स्वाद र भाव मिसिएकाले पनि होला सायद ।
उनले लेखेका, संगीत भरेका, गाएका वा उनको सिर्जनामा अरुले नै आवाज भरेका गीत–संगीत नेपाली लोक गीत–संगीत, संस्कृति मन पराउनेहरुका दिलमै अटाउँछन् । उनका कतिपय सिर्जनामा रुन्छन् । हाँस्छन्...