बाराको निजगढ नगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले सोमबार नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।सरुवाको विषयलाई लिएर मेयर सुरथ पुरीले १५ साउनमा प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको कार्यकक्षमा ताला लगाएपछि सेवाग्राही मर्कामा परेका उनीहरूले प्रमुख तथा उपप्रमुख दुवैको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।केही समय कार्कीको सरुवा भई बदलामा सरुवा भई आएका हरिलाल पुरीलाई […]