खोटाङ : राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय दश दिनदेखि बन्द रहेको छ।वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्य आफैँले भदौ २४ गते शुक्रबार वडा कार्यालयमा ताला लगाएका छन्।वडाका जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित हुन् भने गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई नगर प्रमुख र माओवादीका विसन राई उपप्रमुखमा निर्वाचित भएका हुन्।फरक राजनीतिक दल भएकै कारण नगरपालिकाले वडा