कक्षा ८ को परीक्षा शिक्षा कार्यालयमा

रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपाली पनि कक्षा ८ को जिल्ला स्तरीय परीक्षा शिक्षा कार्यालयमा सञ्चालन हुने भएको छ। मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा बसेको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघीयतामा गए पनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र नयाँ ऐन तथा नियमावली समेत नबनेकाले कक्षा ८ को परीक्षा जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चालन गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

विद्यालयको नतिजा निराशाजनक

म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैँले कक्षा ८ को परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका जाँच गरेर नतिजा प्रकाशित गरेको छ । गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी १२ सामुदायिक र दुई संस्थागत गरी १४ विद्यालयका कक्षा ८ मा अध्ययनरत २३० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ७४ जना मात्र उत्तीर्ण भएका छन् । तीमध्ये दुई वटा विद्यालयको नतिजा शून्य छ । गाउँपालिकाले हालै मात्र आधारभूत शिक्षा परीक्षा २०८० सालको नतिजा सार्वजनिक गरेको थियो ।

शिक्षा शाखा प्रमुखसहित अन्य कर्मचारीलाई कारबाही सिफारिस

बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारबाही सिफारिस गरेको छ ।

वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालन

वीरगञ्ज (पर्सा), १५ चैत । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृतरूपमा सञ्चालन गरेको छ । सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई थप गुणस्तरीय र माध्यमिक शिक्षा परीक्षाको पूर्वतयारीस्वरुप महागरपालिकाले यस वर्षदेखि कक्षा ८ को एकीकृत परीक्षा सञ्चालन गरेको हो । संस्थागत विद्यालयहरुको छाता सङ्गठन प्याब्सन […]

कक्षा ८ को परीक्षामा कुनै पनि शुल्क नलिन निर्देशन

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा-८ को परीक्षामा कुनै पनि शुल्क लिने व्यवस्था नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/०८१ मा कुनै पनि शुल्क लिन नहुने उल्लेख छ।शिक्षा मन्त्रालयका अनुसार कक्षा-८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण एवं विद्यार्थी मूल्यांकन स्थानीय तहले कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरणसम्बन्धी मापदण्ड, २०७६ राष्ट्रिय परीक्षा बोर्डबाट विकास भएको परीक्षा ढाँचाको परिधिभित्र रही परीक्षाको स्त

एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने

काठमाडौं । अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने भएको छ । विसं १९९० देखि सुरू भएको एसएलसी […]

जेठ २० गते सम्म परीक्षा लगिसक्न महानगरपालिकाकाे निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा बाहेक अरु कक्षाका परीक्षा जेठ २० गतेसम्ममा सकाई जेठको मसान्त सम्ममा नतिजा प्रकाशित गर्न सबै निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।महानगरपालिकाको शिक्षा विभागले आइतबार एक सूचना जारी गर्दै अनलाइन वा उपयुक्त विधि अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। ‘अनुकूल उपयुक्त मूल्याकन प्रक्रिया (अनलाइन/अफलाइन परीक्षा यसै सत्रमा सञ्चालित टर्मिनल परीक्षा टेलिफोन/ निरन्तर विधार्थी मूल्याकन/ इ-मेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त

परीक्षा केन्द्र टाढा भएपछि विद्यार्थीले पढाइ छाेडे

धादिङ - एसईईको परीक्षासमेत आफ्नै विद्यालयमा सञ्चालन गर्न शिक्षा मन्त्रालयमा पहल भइरहेको बेला धादिङमा भने कक्षा ८ को परीक्षा केन्द्र विवाद उत्कर्षमा पुगेको छ ।  परीक्षा केन्द्र धेरै टाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभूत विद्यालयबाटका पाँच विद्यार्थीले पढाइ छाडेर मजदुरी गर्न गएको विद्यालयका शिक्षकहरुले बताए...

कक्षा ८ को परीक्षा अबदेखि स्थानीय तहले सञ्चालन गर्ने

कक्षा ८ को वार्षिक परीक्षा अबदेखि स्थानीय तहले सञ्चालन गर्ने भएको छ। विगतमा जिल्ला शिक्षा कार्यालयले कक्षा ८ को वार्षिक परीक्षा गराउँदै आएको थियो। संविधान तह विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरू स्थानीय तहको क्षेत्राधिकारमा राखेको हुँदा त्यो अधिकार प्रयोग गरेर कक्षा ८ को वार्षिक परीक्षा स्थानीय तहलाई सञ्चालन गर्न जिम्मा दिइएको जिल्ला शिक्षा समितिका…

दाङमा यसै वर्षदेखि कक्षा ८ को परीक्षा स्थानीय तहले गराउने

दाङ : यो वर्षदेखि कक्षा ८ को परीक्षा स्थानीय तहले गराउने भएका छन्। सोमबार जिल्ला शिक्षा कार्यालयको समन्वयमा बसेको बैठकले परीक्षाकाे अधिकार  स्थानीय तहलाई दिने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिए। स्थानीय तहले उपलब्ध गराउने विद्यार्थी  विवरणका आधार...