एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने

काठमाडौं । अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने भएको छ । विसं १९९० देखि सुरू भएको एसएलसी […]

सम्बन्धित सामग्री

परीक्षाको अन्योल (सम्पादकीय)

कोभिड–१९ (कोराना) सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले यसवर्ष लिनुपर्ने विभिन्न तहका शैक्षिक परीक्षा सञ्चालनमा अन्योल भएको छ । विश्वविद्यालयअन्तर्गत स्नातक तहका चैत अन्तिमदेखि वैशाखको दोस्रो हप्ताका लागि तय गरिएका र सञ्चालन भइरहेका सबै परीक्षा स्थगित छन् । यस्तै, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा सम्बन्धमा पनि खास निर्णय भएको छैन तर कक्षा ११ को परीक्षा आन्तरिक मूल्याङ्कन विधिसमेत प्रयोग गरी सम्बन्धित विद्यालयले लिने निर्णय सार्वजनिक भइसकेको छ । धेरै विद्यार्थी तथा अभिभावकको चासोमा रहेको वि.सं. २०७७ को एसईईबारे देखिएको अन्योल चिर्न सम्बद्ध निकायले तत्काल निर्णय लिनुपर्ने विद्यार्थी तथा अभिभावक पक्षले माग गरेका छन् । आगामी जेठ १३ गतेदेखि हुने भनिएको एसईईका बारेमा विद्यमान अवस्था र गतवर्ष गरिएको अभ्यासलाई आधार बनाएर निर्णयमा पुग्न सकिनेछ । अर्कोतिर नेपालको संविधानले परिकल्पना गरेको तीन तहः, आधारभूत, माध्यमिक र उच्च शिक्षाका परीक्षा सम्बन्धमा यसअघि स्पष्ट कानुनी व्यवस्था गर्न नसकिएको मार अहिले एसईई दिनुपर्ने कलिला बालबालिकामा थोपरिन गएको छ । संविधानतः कक्षा ९ देखि १२ माध्यमिक तहको शिक्षामा पर्ने भएकाले विगतमा जस्तै राष्ट्रिय तामझामसहित एसईई लिइरहनुको औचित्य समाप्त भइसकेको छ । माध्यमिक तहको अन्तिम परीक्षा (विद्यालय तहको विगतको एसएलसीजस्तै) हालको कक्षा १२ लाई मान्नुपर्ने अवस्थामा संवैधानिक व्यवस्था, गतवर्षको अभ्यास तथा समुदायस्तरमा फैलिएको कोरोना सङ्क्रमण विद्यमान अवस्था मूल्याङ्कन गरेर विद्यालयबाटै विद्यार्थीको मूल्याङ्कन गर्नेगरी एसईईबारे व्यवस्थापन गर्न सकिने छ । कक्षा १ देखि ११ सम्म, कक्षा १२ वा विश्वविद्यालयका (सेमेष्टर प्रणाली बाहेकका) शैक्षिकस्तर वृद्धि हुने परीक्षा समान मापदण्डका आधारमा लिनुको आवश्यकता औचित्य पुष्टि हुने देखिँदैन । शिक्षाविद्हरूले आधारभूत र माध्यमिक तहका १ देखि ११ कक्षामा परीक्षा नलिई (कक्षा १२ बाहेक) कक्षोन्नति गर्दा शिक्षाको गुणस्तर, विद्यार्थीको सिकाइ र मूल्याङ्कन परिणाममा खास असर नपर्ने बताउँदै आएकाले पनि यी परीक्षाका बारेमा लचिलो हुनु नै व्यावहारिक देखिन्छ ।