विद्यालयको नतिजा निराशाजनक

म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैँले कक्षा ८ को परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका जाँच गरेर नतिजा प्रकाशित गरेको छ । गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी १२ सामुदायिक र दुई संस्थागत गरी १४ विद्यालयका कक्षा ८ मा अध्ययनरत २३० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ७४ जना मात्र उत्तीर्ण भएका छन् । तीमध्ये दुई वटा विद्यालयको नतिजा शून्य छ । गाउँपालिकाले हालै मात्र आधारभूत शिक्षा परीक्षा २०८० सालको नतिजा सार्वजनिक गरेको थियो ।

सम्बन्धित सामग्री

इञ्जिनियरिङका २२ विधामा लिइएको लाइसेन्स परीक्षाको नतिजा निराशाजनक

नेपाल इञ्जिनियरिङ परिषद्ले लिएको इञ्जिनियरिङको २२ विधाको लाइसेन्स परीक्षाको नतिजा निकै कमजोर देखिएको छ । परीक्षामा स्वदेशमाभन्दा विदेशमा पढेर आएकाहरु बढी अनुत्तीर्ण भएका छन् । यो नतिजाले नेपालमा शिक्षाको गुणस्तर छैन, प्राविधिक क्षेत्रमा उच्च शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई केही हदसम्म हटाउने देखिए पनि नेपालकै अवस्था पनि सन्तोषजनक भने छैन । परिषद्ले गत …

संसदमा डा. राणाको प्रश्न- ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

काठमाडौँ। प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी […]

लिभरपुलको खराब लय जारी

डिफेन्डिङ च्याम्पियन लिभरपुल आइतबार एफए कपमा ब्राइटनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि आफ्नो खराब सिजनमा अर्को निराशाजनक नतिजा सामना गरेको छ।...

लिभरपुलको खराब लय जारी

डिफेन्डिङ च्याम्पियन लिभरपुल आइतबार एफए कपमा ब्राइटनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि आफ्नो खराब सिजनमा अर्को निराशाजनक नतिजा सामना गरेको छ।...

प्राविको पनि निराशाजनक नतिजा

काठमाडौँ । प्राथमिक तह शिक्षक पदको नतिजा पनि निराशाजनक नै देखिएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरिरहेको प्राथमिक तह शिक्षक पदको नतिजामा कोटाभन्दा कम उम्मेवार उत्तिर्ण भइरहेका छन् । आयोगले हाल खुला प्रतियोगितात्मक लिखित

प्रावि तह शिक्षक पदको नतिजा सार्वजनिक, निमावि र मावि जस्तै निराशाजनक

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आज प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

कक्षा १२ को नतिजा निराशाजनक

१७ भदौ, काठमाडौं । माध्यमिक तह ((कक्षा १२) को परीक्षामा आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो । यो नतिजा निराशाजनक भएको शिक्षाविद् प्रा.डा. लक्ष्मण ज्ञवाली […]

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल निराशाजनक

बंगलादेश महिला फुटबल फिफा वरियतामा नेपालभन्दा तल छ । दशरथ रंगशालामा नेपाली महिला फुटबल टोलीको क्षमता बढाउने र अभ्यस्त बनाउनका लागि डाकिएको बंगलादेशसँग अपेक्षा अनुसारको खेल देखाउन सकेन । जुन अहिले आलोचना भइरहेको छ ।दुई मध्येको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले सुखद् नतिजा निकाले पनि दोस्रो खेलमा भने नेपालले निराशाजनक बराबरी खेल्दा एएफसी छनोट खेलका लागि […]

रूपन्देहीका अधिकांश क्याम्पसको नतिजा निराशाजनक

बिबिए, बिबिएविआई, बिसिए, बिसिआईएसको परीक्षा दिएका रुपन्देहीका अधिकांश विद्यार्थी अनुत्तिर्ण भएका छन्। पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर अध्यापन गराउँदै आएका रुपन्देहीका क्याम्पसको नतिजा निराशाजनक आएको हो।

नेपाललाई निराशाजनक नतिजा

एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा निराशाजनक नतिजा हासिल गर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानमा भएको एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले बुधबार अन्तिम खेलमा हारको सामना गर्यो ।