काठमाण्डाै – यातायात व्यवसायीहरूले देशभर नै सार्वजनिक गाडी खुलाउनुपर्ने माग राखेका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले संयुक्त विज्ञप्ति निकालेर २५ सिटमाथिका गाडी मात्रै सञ्चालन गर्ने काठमाण्डौ उपत्यकाका जिल्ला प्रशासन कार्यालयको निर्णय अव्यावहारिक भएको बताएका छन् ।अरू क्षेत्र बिस्तारै खुल्दै गएको अवस्थामा यातायात क्षेत्रलाई पूर्णरूपमा खुल्न नदिने स्थानीय सरकारको निर्णय अव्यावहारिक भएको बताउँदै व्यवसायीले सरकारले आव...