ओली पक्षका नेता चढेको गाडी काभ्रेमा तोडफोड, जंगली हर्कत नदेखाउन बास्कोटाको चेतावनी

काठमाडौं । काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए । ‘पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रन थालेपछि उक्त समूह भागेको थियो’, गौतमले भन्नुभयो । केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बस्नुभएको थियो । उक्त घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायतको १६ जनाको टोली बास बसेको थियो । उक्त आक्रमणकारी समूहले अर्को स्थान बिरुवामा समेत नेता बास बसेको तिलक गौतमको घरअघि राति पटकपटक मोटरसाइकल घार्रघुर्र पारेर धम्कीको आभाष दिलाएको नेता गौतमले बताउनुभयो । उहाँका अनुसार चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल–नेपाल समूहका नेताले धम्की दिइरहेका थिए । ‘हाम्रो रगत बगेको ठाउँमा अरु कसैले कार्यक्रम गर्न पाउँदैन’ भन्दै धम्कीपूर्ण भाषामा दाहाल–नेपाल समूहका स्थानीय जनप्रतिनिधि एवं नेताले आफूहरुलाई धम्क्याउँदै आएको नेता गौतमले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका छन् । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । ‘छापामार शैलीमा आक्रमण भएको छ, जनमत घटेपछि गरिएको यस्तो जङ्गली हर्कत सफल हुने छैन, विरोध गर्न पाइन्छ तर विरोधका नाममा आक्रमण हैन’, बाँस्कोटाले भन्नुभयो । उहाँले सामाजिक सञ्जालमार्फतसमेत नेकपाकै अर्को समूहलाई ‘नाङ्लो नठटाउन भन्छु, हामी सामना गर्छौँ भाग्दैनौँ’ भन्नुभएको छ । कोशीपूर्वस्थित ...

सम्बन्धित सामग्री

मोदीले किन दिए पूर्वराजालाई चेतावनी ?

काठमाडौं, १२ फागुन। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्। शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चेतावनी दिएका हुन्। ‘अहिले के चर्चा छ भने यसो एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ,’ उनले भने।

शीतलहरको चेतावनी

बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले चेतावनी दिएको छ । उक्त अवधिमा शीतलहर चल्ने र तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने विभागले जनाएको छ । शीतलहर (चिसो सिरेठो) चल्ने...

अमेरिकाद्वारा चीनलाई चेतावनी

एजेन्सी, १ चैत्र । रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले चीनलाई चेतावनी दिएको छ । चीनले रुसलाई विभिन्न माध्यमले सहयोग गरेको भन्दै अमेरिकाले चेतावनी दिएको हो । सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पिसाकीले चीनले रुसलाई विभिन्न प्रकारको सहयोग दिइरहेको भन्दै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका हुन् । उनले आफ्ना मित्रशक्तिसँग मिलेर प्रतिवद्ध भई पछिल्लो […]

मेलम्ची आयोजना बन्द गराउने चेतावनी

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक उपे

काम नभए ठेक्का तोड्ने चेतावनी

पटकपटक म्याद थप गर्दा समेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाउँदै म्याद नथप्ने चेतावनी दिएको हो। पछिल्लो तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी प्राधिकरणको छ।...

सभामुखलाई एमालेको चेतावनी

नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुखलाई आफ्नो मर्यादाभित्रै बस्न चेतावनी दिएको छ। एमालेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख पद अनुकुलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम नगरेको ठहर गर्दै मर्यादामा नबसेमा पदमा नबस्न चेतावनी दिएको हो।

ओलीको देउवालाई चेतावनी

काठमाडौं, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टी फुटाउन खोजेको भन्दै कडा चेतावनी दिएका छन् । उनले आज नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकमा बोल्दै देउवालाई ठूलो मूल्य चुकाउन तयार हुन चेतावनी दिए । नेकपा एमाले टुक्राउने चाँजोपाँजो भएको छ, ओलीले चेतावनी दिदै देउवातर्फ संकेत गर्दै भने, ‘एमाले […]

प्रधानमन्त्रीले दिए कोरोनाको तेस्रो लहरको चेतावनी !

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । कोरोना नियन्त्रणका लागि खोप नै मुख्य अस्त्र भएको उल्लेख गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् ।