संविधान संशोधनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । संविधान संशोधनको माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालिएको हो । बृहत् नागरिक आन्दोलन संविधान संशोधन मार्च नाम दिइएको र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । सातौँ संविधान दिवसको दिन प्रदर्शन गरिएको हो । थप तस्बिर हेर्नोस्–

सम्बन्धित सामग्री

बहुसंख्यक पहिचान सहितको संविधान माग गर्दै प्रदर्शन गर्ने पक्राउ

बुधबार माइतिघर मण्डलामा बहुसंख्यक जनताको पहिचानसहितको संविधान माग गर्दै प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो।...

रेशम चौधरीको रिहाईको माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १८ पुष । रेशम चौधरीको रिहाईको माग गदै उनका समर्थकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । चौधरीले जेलबाटै भोलि (सोमबार) नयाँ दल दर्ता गर्न लागेका छन् । दल दर्ताको अघिल्लो दिन आज उनका समर्थकहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुको बोकेको प्लेकार्डमा ‘निर्दोष थारु राजबन्दी रिहा गर’, संविधान सबैको साझा हो लेखिएका नारा थिए […]

संविधान दिवसकै दिन खारेजको माग

गृष्मा राजभण्डारीकाठमाडौं, असोज ३ । देशभर संविधान दिवसको रमझम चलिरहँदा माइतीघर मण्डलामा २०४७ सालको संविधान जारी हुनुपर्ने माग राखी प्रदर्शन भएको छ । संविधान जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेड समेत भएको थियो । वर्तमान संविधान खारेज गर्न माग गर्दै राजावादीहरुले गरेको प्रदर्शनको झल्को हो यो । राजधानीको विभिन्न क्षेत्रबाट माइतीघर मण्डलामा भेला भएका उनीहरुले […]

संविधान पुनर्लेखनको माग गर्दै जनमुक्ति पार्टीको प्रदर्शन

३ असोज, बुटवल। संविधानको पुनर्लेखनको माग राख्दै राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा प्रदर्शनसहित खबरदारी सभा गरेको छ । संविधानले आदिवासी जनजाति,महिला,मधेशी, दलितलाई विभेद गरेको भन्दै सो पार्टीले संविधानलाई सर्वस्वीकार्य बनाउन पुनर्लेखन गर्नुपर्ने माग गरेको हो । सभालाई सम्बोधन गर्दै पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले संविधानको खारेजीको लागि नभएर सबै वर्ग,समुदायलाई सर्वस्वीकार्य बनाउन पुनर्लेखन गर्नुपर्ने बताए । […]

संविधान सच्‍याउन माग गर्दै जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टीको प्रदर्शन

३ असोज, जनकपुरधाम । संविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा आईतबार जनकपुरधाममा प्रदर्शन गरिएको छ । संविधान जारी भएको असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता/कार्यकर्ताले प्रदर्शन गरेका हुन् । स्थानीय जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभाको आयोजना गरिएको थियो । […]

‘अपुरो संविधान’ संशोधनको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– संविधान संशोधनको माग गर्दै ‘बृहत् नागरिक आन्दोलन’ले काठमाडौँमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। विरोधमा सहभागी भएकाहरुले ‘यो सडकको आवाज सुन, अपुरो अधुरो संविधान संशोधन गर, देश कसरी बन्छ जब संविधान नै राम्रो बन्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। विरोध र्‍यालीपछिको […]

नागरिक आन्दोलनको प्रदर्शन : 'असोज तीन, कालो दिन' (फोटो फिचर)

काठमाडौं : नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ। संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरु भएको थियो।  प्रदर्शनमा सहभागीले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए। सातौँ संविधान दिवसको दिन प्रदर्शन गरिएको हो। र्‍याली नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो।केही तस्वीर झलक :

२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज माइतीघरमा प्रदर्शन गरिने

नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

२०४७ को संविधान माग्दै वैशाख ११ गते माइतीघरमा प्रदर्शनको घोषणा

काठमाडौं : राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै वैशाख ११ गते माइतीघर मण्डलामा २०४७ सालको संविधान पुनःस्थापना महाअभियानका अभियन्ताले विरोध प्रदर्शन गर्ने बताएको छ।आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी यसका अभियन्ताले प्रदर्शन गर्ने घोषणा गरेका हुन्। अभियन्ताहरूले २०७२ सालको संविधान खारेज गर्न र २०४७ को संविधानलाई पुनःस्थापना गर्न मागसमेत गरे। अभियानका प्रमुख संयोजक किशोरी महतोले अहिलेसम्म सात वटा संविधान बनिसकेको भन्दै अब आठौं संविधानको परिकल्पना गर्न नहुने बताए। उनले