काठमाडौं : राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै वैशाख ११ गते माइतीघर मण्डलामा २०४७ सालको संविधान पुनःस्थापना महाअभियानका अभियन्ताले विरोध प्रदर्शन गर्ने बताएको छ।आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी यसका अभियन्ताले प्रदर्शन गर्ने घोषणा गरेका हुन्। अभियन्ताहरूले २०७२ सालको संविधान खारेज गर्न र २०४७ को संविधानलाई पुनःस्थापना गर्न मागसमेत गरे। अभियानका प्रमुख संयोजक किशोरी महतोले अहिलेसम्म सात वटा संविधान बनिसकेको भन्दै अब आठौं संविधानको परिकल्पना गर्न नहुने बताए। उनले