बर्दियामा बाढी : राजापुर र ठाकुरबाबाका बस्ती डुबानमा

काठमाडौं : अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुवानमा परेका छन्। बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका हुन्। जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर-७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका-७ र ५ का…

सम्बन्धित सामग्री

बर्दियाको राजापुरमा मापदण्ड विपरित घर निर्माण हुँदा जोखिम बढ्दै

बर्दिया । बर्दियाको राजापुर नगरपालिका कर्णाली नदीको तटीय क्षेत्र हो । ठूलो बाढी आउँदा यहाँका बस्तीहरु डुवानमा पर्ने गर्दछन् । यसअघिका बाढीले कैयौं घरहरुमा क्षति हुनुका साथै भत्काएको थियो । नगरपालिकाले बलियो घर भवन निर्माणका लागि मापदण्ड बनाए पनि यसलाई कसैले वास्ता गरेको पाइँदैन । पछिल्लो समय राजापुर नगरपालिकामा भवन निमार्ण कार्य तीव्र रुपमा भइरहेका […]

कर्णालीमा आएको बाढी बस्तीमा पसेपछि राजापुर र गेरुवाका एक हजार चार सय घर डुबानमा

बर्दिया : पछिल्लो साताको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेका छन्। सो क्षेत्रका अधिकांश बासिन्दा विस्थापित भएका छन्। विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय…

बर्दियाको राजापुर नगरपालिकामा बाढी पस्दा ३ सयभन्दा बढी घर डुबानमा

बर्दिया - केही दिनदेखिको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतहले खतराकाे तह पार गरेको  छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तीनदेखि निरन्तर वर्षा भएपछि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । कर्णाली नदीको जलस्तर बढेर गएराति नै खतराको तह पार गरेको छ । चिसापानीमा नदीको पानीको सतह १२ मिटरभन्दा माथि पुगेको छ । कर्णाली नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १ को दौलतपुर, चनौरा, भदालीपुर यसैगरी कैलालीको टीकापुर नगरपालिका क्षेत्रका नदी...

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

बर्दिया : बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ।बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा लगाउन सुरु गरिएको हो।स्थानीय बासिन्दाले खोप लगाउन पाउँदा खुसी भएको बताएका छन्। १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो म

राजापुर बाढी पीडित क्षेत्रको अवलोकनमा प्रधानमन्त्री देउवा

बर्दिया, कार्तिक ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन उनले निर्देशन दिए । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आलेलगायत सहभागी थिए […]

बर्दियाको बाढी प्रभावित क्षेत्र राजापुर जाँदै प्रधानमन्त्री देउवा

बाढी र पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न निस्केका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बर्दिया जाँदै छन्। प्रधानमन्त्री देउवासहितको टोली बिहीबार हेलिकप्टरमार्फत सुदुर पश्चिम क्षेत्र निरीक्षण गर्न आएको हो।...

राजापुरमा घरभित्रै पस्यो कर्णाली नदी (तस्बिरहरु)

राजापुर (बर्दिया) – बर्दियाको राजापुर क्षेत्र डुवानमा परेको छ। कर्णाली नदीमा आएको बाढी राजापुर नगरपालिकाको वडा नं. १, ३, ४ र ७ नम्बर तथा गेरुवाको २ र ३ नम्बर वडामा पसेको छ। यी गाउँ बुधबारसम्म जलमग्न छन्। आइतबारदेखि मंगलबारसम्म लगातार पानी परेपछि कर्णाली नदीमा पानीको बहाव राजापुर क्षेत्रभन्दा माथि पुगेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले […]

जब उनीहरू जानाजान नदीमा हाम फाले. (कृत्रिम अभ्यास )

बर्दिया – असार ७ गते सोमवार दिउँसो १२ बजेको थियो । बर्दियाको राजापुर नगरपालिका १ बड्की दौलतपुर गाउँ नजिक कर्णाली नदीमा बाढी आएको खबर आयो । स्थानीयवासी ‘नदीमा बाढी आयो, मान्छे बगायो’ भनेर हो–हल्ला गर्दै थिए । बाढी पूर्वसूचनाको साइरन पनि बजिरहेको थियो ।कर्णालीमा बाढी बढिरहेको थियो । बाढीले ठूला–ठूला रुख बगाइरहेको थियो । स्थानीयवासी बाढी आयो मान्छे बगायो भन्दै चिच्चाउँदै थिए । त्यसैबेला उद्धारका लागि तयार रहेका सुरक्षाकर्मीको टोली सदरमुकाम गुलरियाबाट कर्णाली नदी किनारको बड्की दौलतपुर ग...