कांग्रेस नेता पौडेल बर्दियाको बाढी प्रभावित क्षेत्रमा, राहतकाे विशेष प्याकेज ल्याउने प्रतिबद्धता

बर्दिया – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आइतवार बाढीबाट प्रभावित बर्दियाको राजापुर क्षेत्रको निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा नेता पौडेलले बाढी पीडितहरूलाई राहतका लागि काठमाण्डौ गएर विशेष प्याकेज ल्याउने बताउनुभएको छ ।  बर्दियाका धेरैजसो बाढी पीडितहरूले ६ दिनदेखि चाउचाउ र चिउराकै भरमा बिहान र बेलुकीकाे छाक टारेकोे बताएका छन् । घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि टहरामा बस्दै आएका बाढी पीडितहरूले खाद्यान्नका नाममा चाउचाउ, बिस्कुट र चिउराबाहेक केही नपाएको बताएका छन् ...