बर्दिया – कर्णाली नदीमा आएको बाढीले हुलाकी सडकखण्ड अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र कैलालीको टिकापुर नगरपालिकालाई जाेड्ने सत्ती पुल जाेखिममा परेकाे छ । पुलनजिक बनाइएको कर्णाली नदीको तटबन्धन पनि भत्किने अवस्थामा पुगेको छ ।
कर्णाली नदीको सत्ती पुल भत्किने अवस्थामा पुगेकोले तत्काल तटबन्धनका लागि राजापुर नगरपालिकाले पहिले सडक डिभिजन र त्यसपछि हुलाकी सडकलाई अनुरोध गरेकाे थियाे । तर ती निकायबाट काम नभएपछि गाउँमा बाढी पस्न नदिन सयौं स्थानीय अस्थायी तटबन्धमा जुटेका राजापुर नगरपालिका...