भोलिदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू हुँदै

पुस १२ गते बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू हुने भएको छ । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भोलिदेखि नेपालका सबै भन्सारहरूमा अनलाइन पेमेन्ट प्रणाली शुरू हुने बताए । उक्त प्रणालीको शुरूवात अर्थमन्त्री जनार्दन शर्माले गर्नेछन् । सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट अनलाइन राजस्व भुक्तानीको सफल...

सम्बन्धित सामग्री

कोइलाबास भन्सारमा अनलाइनको तयारी

दाङको एक मात्र नाकामा रहेको कोइलाबास भन्सार कार्यालयमा अनलाइन गर्नेे तयारी गरिएको छ ।अहिले भन्सार कार्यालयले लिखित रुपमा काम हुँदै आएकोे छ ।इन्रनेटको समस्याको कारण अनलाइनबाट काम नसकेको कोइलाबास भन्सार कार्यालयका प्रमुख वसन्त रजौरेले जानकारी दिए । “केही दिनभित्र अनलाइन बिल काट्ने तयारी गरेका छौ” प्रमुख रजौरेले भने । गढवाबाट नेटको तार लगिए पनि राम्रो […]

अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने

अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने भएको छ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले अनलाइन पेमेन्ट प्रणालीको उद्घाटन गरेका हुन् ।  सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट अनलाइन राजस्व भुक्तानीको सफल परीक्षण भएसँगै सबै भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू भएको हो ।  नेपाल क्लियरिङ हाउस लिमिटेडका विभिन्न...

देशभरका भन्सार कार्यालयमा आजदेखि अनलाइन प्रणाली लागू

काठमाडौं – सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गर्ने भएको छ। ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबारदेखि एकद्वार अनलाइन प्रणाली लागू गर्न लागिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए। दिवसको नाराले भन्सार सम्बन्धी तथ्याङ्कको व्यवस्थापनलाई विद्युतीय माध्यममा लैजाने तय गरेको छ। त्यही अनुसार नेपालमा विद्युतीय माध्यमबाट तथ्याङ्क प्राप्ति र विश्लेषण गर्न […]

अनलाइन राजस्व भुक्तानीमा समस्या

इन्टरनेटको बढ्दो उपयोगसँगै सरकारी सेवाहरू अनलाइन बन्दै गएका छन् । तर, ती सेवा ग्राहकमैत्री नहुँदा सेवाग्राहीले उल्टो थप समस्या भोग्नुपरिरहेको छ । भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा परीक्षणका रूपमा लागू गरेको अनलाइनबाटै राजस्व तिर्ने प्रक्रियामा व्यवसायीले भोग्नु परेको समस्या यसको पछिल्लो उदाहरण हो । अनलाइन भुक्तानीलाई सस्तो र रियल टाइम बनाई त्यसअनुसार सबै सरकारी भुक्तानी तत्कालै मान्यता पाउने गरी व्यवस्था मिलाउन ढिला गर्नु हुँदैन ।  प्रविधिको प्रयोगले श्रम, समय र लागत घटाउँदै लगेको छ । साथै अनलाइन भुक्तानीको सुविधाले मानिसहरूलाई नगद बोक्ने झन्झटबाट मुक्ति दिलाउँदै गएको पनि छ । तर, अनलाइन भुक्तानी प्रारम्भिक अवस्थामा रहेको र यसमा देखिएका समस्या समाधानमा आवश्यक गम्भीरता नदेखिँदा सेवाग्राही समस्या र तनावमा समेत पर्ने गरेको पाइन्छ । अनलाइन भुक्तानी व्यवस्थाले रियल टाइममै कारोबार हुने हुँदा भन्सार जाँचपासमा यसले सहजता ल्याउनुपर्ने हो । तर, प्रणालीगत झन्झट थपिएर जाँचपासमा ढिलाइ भएको छ । नेपाल क्लियरिङ हाउस र भन्सार विभागको आशिकुडा वल्र्डबीच सम्पर्क स्थापित गरी अनलाइन भुक्तानीको प्रणाली शुरू गरिएको हो । प्रयोगकर्ताले रियल टाइम कारोबारमार्फत रू. २० लाखसम्म कारोबार गर्न पाउँछन् । ननरियल टाइममा भने रू. ३० करोडसम्म कारोबार गर्न पाउने सुविधा यसमा छ । यस प्रणालीबाट राजस्व बुझाउन एजेन्टहरूले नगद बोक्नुपर्ने, गुड फर पेमेन्ट चेक तयारीका लागि बैंक धाउनुपर्ने लगायतका समस्या हट्ने बताइएको छ । तर, रियल टाइम कारोबार गर्दा दिउँसो २ बजेभन्दा पछाडिको भुक्तानी तत्कालै भन्सारको खातामा जानुपर्नेमा त्यसो भएको छैन । भोलिपल्टमात्रै भन्सारको खातामा भुक्तानीको रकम जाने हु“दा २० लाखभन्दा बढी राजस्व तिर्नुपर्ने व्यक्तिहरूको जाँचपासमा १ दिन बढी समय लागेको छ । वीरगञ्ज भन्सारमा उठ्ने राजस्वमध्ये यस्तो खालको राजस्व १ तिहाइभन्दा बढी हुने आयातकर्ताको भनाइ छ । यसमा नै समस्या देखिएपछि आयातकर्ताहरू समस्यामा पर्नु स्वाभाविकै हो । भन्सार विभागले परीक्षणका रूपमा यो अनलाइन भुक्तानी प्रणाली शुरू गरेको हो । माघ १ गतेदेखि सबै भन्सार कार्यालयमा यो प्रणाली लागू गर्ने तयारी विभागको छ । तर, यो प्रणालीमा सुधार नगरी विस्तार गर्ने हो भने धेरै व्यवसायी समस्यामा पर्ने देखिन्छ । मालवस्तुको जाँचपासका लागि १ दिनको अवधि बढ्नु भनेको लागत पनि बढ्नु हो । त्यसैले यो प्रणालीमा सुधार गर्नुपर्छ । यसलाई सुधार गर्न खासै ठूलो लगानी वा परिवर्तन गर्नुपर्ने पनि देखिँदैन । शुक्रवार र शनिवारको कारोबारलाई कार्यालयको कार्य समयभन्दा बाहिर राखेर सिस्टम बनाउँदा यो समस्या भएको हुन सक्छ । यस्तो समस्या भन्सार विभागमा मात्र होइन, अन्य सरकारी निकायमा पनि पाइन्छ । विद्युत् महसुल तिर्न पनि यस्तै समयको सीमा लगाइएको छ । सरकारी अन्य राजस्वमा पनि यस्तो समयको सीमा राखिएको पाइन्छ । अनलाइनबाट रियल टाइममा कारोबार हुने भएपछि कार्यालय समयबाहेक भनेर भुक्तानी तिर्न नमिल्ने बनाउनु आवश्यक छैन । नेपालमा अनलाइन भुक्तानीका लागि त्यति सहज व्यवस्था छैन । त्यसैले बन्दाबन्दी वा निषेधाज्ञाका समयमा बढेको अनलाइन भुक्तानीको कारोबार स्थिति सामान्य बन्दै गएपछि घट्न थालेको पाइन्छ । भुक्तानी ग्राहकमैत्री भइदिएको भए यसको प्रयोग घट्ने होइन बढ्दै गइरहनुपर्ने हो । सरकारी सेवाहरू अनलाइन भनिए पनि ती भरपर्दा पनि देखिएका छैनन् । यातायात व्यवस्था विभाग तथा मालपोत कार्यालयजस्ता बढी भीडभाड हुने सरकारी कार्यालयमा प्रायःजसो सर्भर डाउन हुने समस्या पाइन्छ । अनलाइन फाराम भरे पनि भौतिक रूपमा उपस्थित हुनै पनि अनिवार्यता धेरै सरकारी कार्यालयहरूमा छ । अनलाइनबाट बनाएको प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि घण्टौं लाइन लाग्नुपर्ने बाध्यता छ । अनलाइन प्रविधिमा गएपछि सेवाको शुल्क घट्नुपर्ने हो । तर, त्यस्तो भएको पाइँदैन । धितोपत्र बजारका सेवा सबै अनलाइन भइसके पनि शुल्क भने यथावत् छ । अनावश्यक रूपमा विभिन्न शीर्षकमा रकम तिर्नुपर्ने बाध्यता छ । अनलाइन रकम हस्तान्तरण गर्दा न्यून शुल्क भनेर लिने गरिएको छ । तर, यस्तो हस्तान्तरणले बैंकको खर्च निकै जोगाएकाले अहिले लिइरहेको शुल्क बढी नै देखिन्छ । अतः अनलाइन भुक्तानीलाई सस्तो र रियल टाइम बनाई त्यसअनुसार सबै सरकारी भुक्तानी तत्कालै मान्यता पाउने गरी व्यवस्था मिलाउन ढिला गर्नु हुँदैन ।

माघबाट सुख्खा बन्दरगाह र आइसीपीको काम अनलाइनबाटै

माघ १ गतेबाट विरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणालीमा शुरू हुने भएको छ । विरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार माघ १ गते र आइसिपी कार्यालयमा पुष १ गते देखि लागू गरिने बताए । शनिबार विरगञ्जमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा भन्सार विभागले बन्दरगाह र आइसिपीको काम कागज र नगद रहित बनाउनको लागि सबै पूर्वाधारहरुको प्रक्रिया पुरा गरिएको बताए । भन्सार प्रमुख पौडेलले नेपाल विश्वमा नै सबैभन्दा बढी कागजको प्...

सुख्खा बन्दरगाह र आइसिपी कार्यालय पूर्ण अनलाइन

वीरगन्जस्थित सुख्खा बन्दरगाह र आइसिपी कार्यालय पूर्ण अनलाइन प्रणालीमा जाने भएका छन् ।१ पुसबाट वीरगन्जस्थित आइसिपी कार्यालय तथा १ माघबाट सुख्खा बन्दरगाहका सम्पूर्ण काम अनलाइन प्रणालीमा सुरु हुने वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेकरहित कारोबार आइसिपी कार्यालयमा पुस १ गतेदेखि तथा माघ १ गतेदेखि लागू […]

माघ १ गतेदेखि विरगञ्ज सुख्खा बन्दरगाहमा सम्पूर्ण काम अनलाइनबाट

काठमाडौं, मंसिर २६ । माघ १ गतेबाट विरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणाली मार्फत सञ्चालन हुने भएको छ । विरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले एकीकृत भन्सार जाँच चौकी कार्यालयमा पुष १ गते देखि र माघ १ गतेदेखि बन्दरगाहको सम्पूर्ण कामकागज कागज तथा नगदरहित हुने दाबी गर्नुभएको हो […]