माघ १ गतेबाट विरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणालीमा शुरू हुने भएको छ ।
विरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार माघ १ गते र आइसिपी कार्यालयमा पुष १ गते देखि लागू गरिने बताए ।
शनिबार विरगञ्जमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा भन्सार विभागले बन्दरगाह र आइसिपीको काम कागज र नगद रहित बनाउनको लागि सबै पूर्वाधारहरुको प्रक्रिया पुरा गरिएको बताए । भन्सार प्रमुख पौडेलले नेपाल विश्वमा नै सबैभन्दा बढी कागजको प्...