जनकपुर उप–महानगरपालिकासँग छैन कोरोना सम्बन्धी जानकारी

काठमाडौं। जनकपुर उप–महानगरपालिकाले कोरोनाको विषयमा कुनै पनि जानकारी नभएको बताएको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा सम्बन्धित निकायले कुनै जानकारी उपलब्ध नगराएको उप–महानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले बताए। आफ्नो व्यक्तिगत पहलबाट पनि यस विषयमा कुनै जानकारी पाउन नसकेको उनको भनाई छ। यो सब हुँदाहुँदै पनि सरकारले भनेबमोजिम सुरक्षाका मापदण्ड भने अपनाएको उनले जनाए।

सम्बन्धित सामग्री

जनकपुर उच्च अदालतका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण

जनकपुर उच्च अदालतका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । न्यायाधीश सिताराम मण्डलसहित रजिष्ट्रार, उपरजिष्ट्रार, शाखा अधिकृतलगायतलाई कोरोना संक्रमण पुष्टी भएको उच्च अदालत जनकपुरले सोमबार  विज्ञप्ति जारी गरी जानकारी...

कोरोना संक्रमणबाट असईको मृत्यु

न्युज अफ नेपाल, जनकपुर । कोरोना संक्रमणबाट नेपाल प्रहरीका सहायक निरीक्षक असइको मृत्यु भएको छ । कोरोना संक्रमित असइको उपचारका क्रममा निधन भएको हो । महोत्तरीको भंगहा नगरपालिकास्थित प्रहरी चौकीमा कार्यरत ४० वर्षीय असइकोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । सुरुमा जानकी हेल्थ केयरमा उपचार गराइरहेका उनको पछि प्रादेशिक […]

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

काठमाडौं, जेठ २०। कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । ‘व्यवस्थापनदेखि रेलवे […]

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । ‘व्यवस्थापनदेखि रेलवे अध्यादेशसमेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार

एमालेका नेता योगनारायण यादव कोरोना संक्रमणबाट निधन

जनकपुर । नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ ।एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित थिए । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो । मृगौला प्रत्यारोपणका लागि उपचाररत रहेका नेता यादवलाई कोरोना संक्रमणका कारण मृगौला प्रत्यारोपण हुन नसकेको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए । ५७ वर्षीय नेता यादव विगत ४ दिनदेखि उपचार हुँदै आएको थियो । तर आ

एकै वडाका ४६ जनामा कोरोना पुष्टि भएपछि नगरपालिकाको सेवा बन्द

जनकपुरधाम : मिथिला नगरपालिकाको एउटै वडामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाका सबै सेवा भोलि बिहीबार देखि बन्द गर्ने निर्णय गरेको छ। वडा नम्बर ११ लोटा गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए।कोरोना संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो।त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जन

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

काठमाडौं। वैशाखभित्रै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने सरकारको योजना कोरोना भाइरसको दोस्रो लहरले प्रभावित भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको जानकारी दिए। हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ। रासस

एनआरएन अमेरिकाले कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग दिने

सहयोग रकममध्ये १५ हजार रकम जनकपुर आईसोलेसन सेन्टरका लागि छुट्याएको र अन्य रकम अन्य क्षेत्रमा सहयोग दिने बताइएको छ। अध्यक्ष शाहले दिएको जानकारी अनुसार अरु थप सहयोगका लागि गोफण्ड खोलेर रकम उठाउनेछ।...

धनुषा प्रहरीको हिरासतमा रहेका ५ जना बन्दीमा कोरोना संक्रमण

जनकपुर । धनुषा प्रहरीको हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा बुधबार संक्रमण पुष्टि भएको हो ।हिरासत कक्षमा रहेका ७ जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।उनले भने, ‘कारागार पठाउनुपर्ने बन्दीमध्येका ७ जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’संक्रमितहरु २२ देखि ४०

प्रदेश २ मा थप २ सय ७९ जना कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

जनकपुर । प्रदेश २ मा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९० महिला र १ सय ८९ पुरुष सहित २ सय ७९ जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, नोबेल अस्पताल, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणबाट २ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादव जानकारी दिए । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २० ह