जनकपुर । नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ ।एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित थिए । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो । मृगौला प्रत्यारोपणका लागि उपचाररत रहेका नेता यादवलाई कोरोना संक्रमणका कारण मृगौला प्रत्यारोपण हुन नसकेको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए । ५७ वर्षीय नेता यादव विगत ४ दिनदेखि उपचार हुँदै आएको थियो । तर आ