काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार साँझ भेट भएको छ । सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै बाहिर आएर राजनीति सक्रियतालाई तीव्रता दिएका छन । गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका हुन् […]
७ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । नख्खु कारागारबाट निस्किएलगत्तै उनले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका हुन् ।
गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन …
काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टीको ११औँ महाधिवेशनमा आफ्नो समूहबाट निर्वाचित नेताहरूसँग भएको छलफललाायई लिएर अनेक टिप्पणी गरेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनको प्यानलबाट उम्मेदवार बनेका गोकर्ण विष्ट, योगेश भट्टराईले अध्यक्षसहितलाई जानकारी नदिई अन्यत्र छलफल गरेको भन्दै केपी […]
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन तथा व्यवस्थापनसम्बन्धी छलफल भएको छ। सिंहदरबारमा सोमबार भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचनमा ढुक्क भएर सहभागी हुन आग्रह गरिन्। उनले निर्वाचनलाई सङ्कट होइन, परिवर्तन र उत्साहको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिइन्। कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि आठजना नागरिक समाजका अगुवा, १४ जना विभिन्न राजनीतिक […]
नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र टिप्पणीलाई लिएर अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन् ।
काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएकी छिन्। जेन-जी आन्दोलनका क्रममा उनी गत २४ भदौमा आफ्नै निवासमा आगजनीमा परेर सख्त घाइते भएकी थिइन्। सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भए पनि फोक्सोमा निमोनियाको सङ्क्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो। […]