र्यापर तथा इन्जिनियरका रुपमा चिनिएका बालेन शाहले राजनीतिक क्षेत्रमा पाइला टेक्दै काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धीमध्येका एक केशव स्थापितले उनीमाथि ‘अन्तर्राष्ट्रिय ठग’ को आरोप लगाएका छन् । केशव स्थापित आफैमा पनि आरोपमुक्त भने छैनन् । उनीमाथि ‘मी टु’ को आरोप छ । मेयरकै उम्मेदवार काँग्रेसकी सिर्जना सिंहमाथि पनि ‘परिवारवाद’ को आरोप छ ।यिनै आरोपका बीच वैशाख ३० गते हुने निर्वाचनमा काठमाडौंवासीले जनप्रतिनिधि चयन गर्नेछन् ।