एमाले र राप्रपाको चुनावी तालमेल गर्ने सहमति

काठमाडौं : नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनावी तालमेल गर्न सहमत भएका छन्।आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरुले सिट संख्या र स्थानसमेत टुङ्गो लगाउने गरी छलफल गरेका छन्।राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, निर्देशक समितिका प्रमुख डा. प्रकाशचन्द्र लोहनीसहितका नेताहरु बालकोट पुगेका थिए। बालकोटमा भएको छलफल सकारात्मक रहेको तथा सिट संख्या र स्थान टुङ्गो लागेपनि भोलि फेरि बैठक

सम्बन्धित सामग्री

एमाले र जसपाबीच चुनावी तालमेल

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्न सिट बाँडफाँटमा सहमति भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रतिनिधिसभामा एमालेलाई जसपाले ३५ सिटमा जसपाले सघाउने तथा जसपालाई १७ […]

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा एमाले र जसपाले चुनावी तालमेल गर्ने

गोरखा – गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले चुनावी तालमेल गर्ने भएका छन् । नगरपालिकाको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने गरी दुई पार्टीबीच सहमति भएको हो ।  एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पालुङटारकाे मेयर र उपमेयरसहित पाँच वटा वडामा तालमेल गर्ने सहमति भएको जनाएका छन् । सम्झाैताअनुसार पालुङटारका १० वटा वडामध्ये वडा नम्बर ६, ७ र १० मा जसपाले नेकपा एमालेलाई सहयोग ग...

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । हिजो (आइतबार) दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हो । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]

भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

११ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। आइतबार दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हाे । भरतपुरकाे मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]

प्यूठानमा एमाले र जसपाबीच चुनावी तालमेल

११ वैशाख, प्यूठान । प्यूठानमा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच चुनावी तालमेल हुने भएको छ । प्यूठान नगरपालिकामा संयुक्त उम्मेदवार लिई चुनावमा जाने र यसलाई आवश्यकताका आधारमा जिल्लाव्यापी बनाउने दुई दलले निकालेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्हबाट निर्वाचनमा भाग लिने पनि सहमति भएको छ ।

बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरेका छन्। शनिबार एमाले  उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली र  राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भेकबहादुर सारु मगरबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार उपमहानगर प्रमुख उपप्रमुखसहित सबै वडा अध्यक्ष…

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

तनहुँमा एमाले र जोशीबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं । तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र जोशी समूहबीच शनिबार भएको छलफलबाट तनहुँका सबै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो। जस अनुसार दमौली नगर क्षेत्र समेत […]

तनहुँमा एमाले र कांग्रेस पूर्वनेता जोशी समूहले चुनावी तालमेल गर्ने

४ वैशाख, तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि […]

मधेश प्रदेशमा एमाले र लोसपाबीच चुनावी तालमेल

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा चुनावी तालमेल गरेका छन् । एमाले र लोसपाले १/१ सीट बाँड्दै चुनावी तालमेल गरेका हुन् । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनलले संयुक्त विज्ञप्ति प्रकाशित गरी तालमेलको जानकारी गराएका हुन् । विज्ञप्तिअनुसार एमाले उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रूपाकुमारी यादवलाई मतदान गर्ने सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले पनि ता...