बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरेका छन्। शनिबार एमाले  उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली र  राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भेकबहादुर सारु मगरबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार उपमहानगर प्रमुख उपप्रमुखसहित सबै वडा अध्यक्ष…