बाबुराम भट्टराईको गृहनगर पालुङटारमा एमाले र जसपाले चुनावी तालमेल गर्ने

गोरखा – गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले चुनावी तालमेल गर्ने भएका छन् । नगरपालिकाको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने गरी दुई पार्टीबीच सहमति भएको हो ।  एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पालुङटारकाे मेयर र उपमेयरसहित पाँच वटा वडामा तालमेल गर्ने सहमति भएको जनाएका छन् । सम्झाैताअनुसार पालुङटारका १० वटा वडामध्ये वडा नम्बर ६, ७ र १० मा जसपाले नेकपा एमालेलाई सहयोग ग...

सम्बन्धित सामग्री

डडेल्धुरामा एमाले र बिपी कांग्रेसबीचको चुनावी तालमेल भंग

काठमाडौं । नेकपा (एमाले) डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल भंग गरेको छ । सहमतिविपरीत बिपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भंग गरेको हो । एमाले जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीले जारी गरेको विज्ञप्तिमा एमाले एकल रूपमा चुनावमा […]

एमाले र जसपाबीच चुनावी तालमेल

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्न सिट बाँडफाँटमा सहमति भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रतिनिधिसभामा एमालेलाई जसपाले ३५ सिटमा जसपाले सघाउने तथा जसपालाई १७ […]

रोल्पामा कांग्रेस, एमाले र विप्लवको चुनावी तालमेल

रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ। माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।

हुम्लाको चंखेलीमा एमाले र नेकपा एसबीच चुनावी तालमेल

काठमाडौं, १४ बैशाख । हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एसबीच चुनावी लातमेल भएको छ । केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको छ । एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलाकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । एमालेले उपाध्यक्ष र […]

प्यूठानमा एमाले र जसपाबीच चुनावी तालमेल

११ वैशाख, प्यूठान । प्यूठानमा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच चुनावी तालमेल हुने भएको छ । प्यूठान नगरपालिकामा संयुक्त उम्मेदवार लिई चुनावमा जाने र यसलाई आवश्यकताका आधारमा जिल्लाव्यापी बनाउने दुई दलले निकालेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्हबाट निर्वाचनमा भाग लिने पनि सहमति भएको छ ।

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

कांग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

काठमाडौं : नेकपा एमालेले केही स्थानीय तहमा सत्तामा रहेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग पनि चुनावी तालमेल हुन सक्ने बताएको छ। नेकपा एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सकारात्मक राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल हुनसक्ने बताएका हुन्। सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उनले भने,'सकारात्मक पार्टीहरुसँग सहकार्य हुन सक्छ। १२ गते सम्म पुग्दासम्म नेकपा…

तनहुँमा एमाले र कांग्रेस पूर्वनेता जोशी समूहले चुनावी तालमेल गर्ने

४ वैशाख, तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि […]

'एमालेले कुनै पार्टीसँग चुनावी तालमेल गर्दैन'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग चुनावी तालमेल नगर्ने भएको छ। आगामी निर्वाचनबारे छलफल गर्न बोलाइएको पोलिटब्युरो बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारेका हुन्। सचेतक भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ। हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौँ। एमाले एक्लै लड्छ। स्थ

मधेश प्रदेशमा एमाले र लोसपाबीच चुनावी तालमेल

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा चुनावी तालमेल गरेका छन् । एमाले र लोसपाले १/१ सीट बाँड्दै चुनावी तालमेल गरेका हुन् । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनलले संयुक्त विज्ञप्ति प्रकाशित गरी तालमेलको जानकारी गराएका हुन् । विज्ञप्तिअनुसार एमाले उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रूपाकुमारी यादवलाई मतदान गर्ने सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले पनि ता...