माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा चुनावी तालमेल गरेका छन् ।
एमाले र लोसपाले १/१ सीट बाँड्दै चुनावी तालमेल गरेका हुन् ।
एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनलले संयुक्त विज्ञप्ति प्रकाशित गरी तालमेलको जानकारी गराएका हुन् ।
विज्ञप्तिअनुसार एमाले उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रूपाकुमारी यादवलाई मतदान गर्ने सहमति भएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले पनि ता...