गोरखा– गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा […]
लमजुङको दोर्दी गाउँपालिका– ४ दाम्राङको घिचे लेकमा २० वर्षदेखि बाँझो रहेको जग्गामा ओखर, स्याउ र टिमुरको व्यावसायिक खेती गरिएको छ।
दोर्दी गाउँपालिकाको अध्यक्षसमेत रहेका युवराज अधिकारीको नेतृत्वमा राजेन्द्र वस्ती, श्याम बराली...
पर्वत : जिल्लाको महाशिला गाउँपालिका–१ होश्राङ्दीका जङ्गबहादुर शाहीले धान खेती गर्दै आएको जग्गा बाँझै छाडे। लगानी अनुसारको उत्पादन नभएपछि बाँझो छाडेको जग्गा आसपासबाट मोटर बाटो गएपछि त्यहाँ रहेको अरु जग्गा पनि बाँझो हुन थाल्यो। पाखो क्षेत्र भएकाले एक त उत्पादन नै कम त्यसमा पनि बाँदरको आतङ्कले खेती जोगाउनै समस्या।अब उनको जग्गा न त बाँझो रहेको न त लगाएको खेतीमा बाँदरले नै क्षति गर्न सक्ने छ। बाँझो जग्गाको सदुपयोग गर्ने उद्देश्यले गाउँपालिका र कृषकहरूले तरुल खेती गर्ने योजना बनाए। खाडल र मलको ज
बढ्दो सहरीकरण र युवाहरू विदेश पलायन हुने क्रम नरोकिएपछि लमजुङका गाउँमा जमिन बाँझो रहनेक्रम बढेको छ । जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये १६ हजार हेक्टरभन्दा बढी जमिन बाँझो छ ।
जिल्लामा कुल खेतीयोग्य जमिन...
कर्णालीमा खेती नगरी बाँझो राखिएको जग्गालाई सदुपयोग गर्न व्यावसायिक कृषि करारको प्रावधान ल्याइएको छ । प्रदेशसभाबाट पारित भएको कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९ मा खेती नगरी कानुनले तोकेको अवधिसम्म बाँझो रहेको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले करार सम्झौता गरी प्रयोगमा ल्याउन सक्ने व्यवस्था गरेको हो । ऐनको परिच्छेद ४ मा व्यावसायिक कृषि करारको व्यवस्था गरिएको छ । कृषियोग्य जग्गा कृषि परियोजना बमोजिम, सार्वजनिक जग्गाको हकमा स्थानीय तहको सिफारिसमा र वन क्षेत्र नभएको
कृषि ज्ञान केन्द्र लमजुङले चालु आर्थिक वर्षमा बाँझो जमिनमा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।जिल्लामा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेसँगै व्यावसायिक खेती प्रवद्र्धन गर्नका लागि सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।गण्डकी प्रदेश सरकार भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि ज्ञान केन्द्रमार्फत सो कार्यक्रम सञ्चालन गर्ने भएको हो […]
बागलुङ, ६ असार । वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लि ले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम […]
म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाको बाँझो जमिनमा सहकारीले जडीबुटी खेती गर्न थालिएको छ । खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाएको हो ।
गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले अतिसको व्यावसायिक खेती सुरु गरेका हुन् । खाली तथा पाखो जमिनका रुपमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वनसँगको सहमतिमा सहकारीमा आबद्धरूकिसानले अतिस जातको जडीबुटीको खेती सुरु गरेका धवलागिरि गाउँपालिका-१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभय...
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले व्यावसायिक रोजमेरी खेतीको सुुरुवात गरेका छन् । पछिल्लो समय अन्नबालीभन्दा नगदेबालीबाट राम्रो आम्दानी गर्न सकिने भन्दै व्यावसायिक रोजमेरी खेती गरेका हुन् ।जिल्लाको त्रिवेणी गाउँपालिकाका किसानले औषधीजन्य गुण भएको रोजमेरी खेतीलाई व्यावसायिक खेतीका रूपमा अंगालेका छन् । बाँझो जमिनमा समेत खेती गर्न सकिने रोजमेरीबाट प्रशस्त आम्दानी हुने भएकाले त्रिवेणीका २० भन्दा […]