२० वर्षदेखि बाँझो रहेको जग्गामा स्याउ र ओखरको व्यवसायिक खेती

लमजुङको दोर्दी गाउँपालिका– ४ दाम्राङको घिचे लेकमा २० वर्षदेखि बाँझो रहेको जग्गामा ओखर, स्याउ र टिमुरको व्यावसायिक खेती गरिएको छ। दोर्दी गाउँपालिकाको अध्यक्षसमेत रहेका युवराज अधिकारीको नेतृत्वमा राजेन्द्र वस्ती, श्याम बराली...

सम्बन्धित सामग्री

रारा वरिपरि स्याउ खेती

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा आसपासका बासिन्दाले स्याउ खेती गर्न थालेका छन् । रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छायानाथ रारा नगरपालिका–३ तलितुम, माथितुम, सायाँखोला र हेर्निकाँध गाउँका स्थानीयले बाँझो तथा भोगचलन गर्दै आएको जग्गामा धमाधम स्याउ खेती गर्न थालेका हुन् ।

रारा वरिपरि स्याउ खेती

पर्यटकीय गन्तव्य रारा निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका स्थानीयले स्याउ खेतीमा जोड दिएका छन् । छायाँनाथ रारा नगरपालिका–३ तलितुम, माथितुम, सायाँखोला र हेर्नीकाँध गाउँमा स्थायी रुपमा बसोबास गर्दै आएका स्थानीयले बाँझो तथा भोक चलन गर्दै आएको जग्गामा धमाधम  स्याउ खेती थालिएको छ।

सात दशक नाघेका रामबहादुरको 'लोभलाग्दो' कागती खेती

पर्वत । उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर, पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने २०/२२ वर्षे तन्नेरीको जस्तै छ । बिहान उठेदेखि राति अबेरसम्म उहाँ कागती बगानमा मेहनत गरिरहन्छन् । घर वरिपरि रहेको २० रोपनी क्षेत्रफलमा लगाइएका कागती गोडमेल गर्ने, काँटछाट, मल बीउ हाल्ने र फल टिप्ने तथा बेच्ने काममा उनलाई भ्याइनभ्याइ छ ।  कटुवाचौपारी धानबालीका लागि जिल्लाकै अब्बल भूमि हो । समथर भूभागमा रहेको यो ठाउँ तराईजस्तै छ । तर, उनले विगत १० वर्षदेखि धान रोप्न छाडेर एक हजार बिरुवा कागती लगाए । नगदे बालीको रूपमा रहेको कागती र जिल्लामै पहिलोपटक व्यावसायिक रूपमा आफैले थालेको कुरिलो खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।  लामो समय काठमाडौंमा बसेर व्यापार गरेका क्षत्री ६० वर्षको उमेरमा काठमाडौं छाडेर गाउँ फर्किएका थिए । गाउँ फर्केपछि व्यावसायिक रूपमा कृषि पेसामा लागेका हुन् उनी । काठमाडौं बस्ने क्रममा बोटानिस्ट डा. खेमराज भट्टराईसँग उनको भेट भयो । डा. भट्टराईले कटुवाचौपारीको भौगोलिक अवस्थाका बारेमा रामबहादुरसँग सोधपुछ गरेपछि उनले त्यहाँको माटोमा केही गर्न प्रेरणा दिए । पुर्खाले आर्जेको माटोमा आफै नङ्ग्रा खियाउने अठोटका साथ रामबहादुरले काठमाडौंको व्यवसाय छाडेर गाउँमा फर्किए ।   विसं २०७० मा रामेछापको मन्थलीबाट बिरुवा ल्याएर रोपेका क्षत्रीको बगैंचामा कागतीका करीब एक हजार बोट छन् । माछापुच्छ्रे कागती उत्पादन फार्म सञ्चालन गरेर व्यवसाय थालेका क्षत्रीले शुरुमा बिरुवा हुर्कनको लागि समय लागेको, फाटफुट रूपमा विक्री भएको भए पनि पछिल्ला तीन वर्षयता ४० क्विन्टलको हाराहारीमा कागती विक्री वितरण गर्दै आइरहेका छन् । उनले प्रतिकिलो रु दुई सय खुद्रा र होलसेलमा रु एक सय ८० मा विक्री गर्ने गरेको बताए । अहिले बजारको समेत समस्या नरहेको र घरबाटै विक्री हुने उनले बताए ।     गत वर्ष भने असिनाले कागतीमा क्षति गरेकाले यस वर्ष उत्पादन केही घटेको उनको भनाइ छ । आफ्नो बगैंचामा कुनै प्रकारको रासायनिक पदार्थ (विषादी मल)को प्रयोग नगरेको बताउने क्षत्रीले कागतीका बिरुवासमेत उत्पादन गर्न थालेका छन् । नले गत वर्ष मात्रै कागतीका चार हजार बिरुवा विक्री गरेका थिए । यस वर्ष १४ हजार बिरुवा तयार गरेको उनले बताए । कृषि ज्ञान केन्द्र, पर्वतले कागतीको स्रोत केन्द्रको रूपमा उनको फार्मलाई छनोट गरेको छ ।  कागतीसँगै क्षत्रीले २०७५ सालबाट कुरिलो खेती शुरु गरेका छन् । कागतीका बोटका बीचमा रोप्दा पनि हुने भए पछि उनले कुरिलोका लागि नयाँ जग्गा प्रयोग गर्नुपरेन । कुरिलोको डेढ किलो बीउलाई नौ हजारमा ल्याएका उनले त्यो बीउबाट पाँच हजार बिरुवा तयार बनाए । उनको बगैंचामा अहिले कुरिलोका १५ हजार बिरुवा पुगेका छन् भने यही वर्ष १० हजार बिरुवा थप गर्ने योजना रहेको क्षत्रीले बताए । कुरिलो विक्री गरेर प्रत्येक ६ महीनामा सन्तोषजनक आम्दानी भइरहेको उनको भनाइ छ ।  शुरुमा आयुर्वेदिक औषधि निर्माण गर्ने काठमाडौंका कम्पनीमा कुरिलोको जरा विक्री गरेका उनले आजभोलि भने कुरिलोको टुसा घरबाटै विक्री गर्दै आइरहेका छन् । जति धेरै टुसा निकाल्न सक्यो उति नै नयाँ टुसा पलाउँदै जाने भएकाले बगैंचामा जति समय दिन सक्यो उति नै धेरै आम्दानी बढ्दै जाने उनको भनाइ छ ।  पोखरा–काठमाडौंका बजारमा धेरै मूल्यमा टुसा विक्री हुने गरेको भए पनि आफूले प्रतिकिलो रु एक हजारका दरमा विक्री गर्दै आइरहेको पौडेलले बताए  । कागतीलाई गरेको गोडमेलले नै कुरिलोको पनि स्याहार हुँदा दुवै खेती फस्टाएकाले पनि आफूलाई यसमा प्रेरणा मिलिरहेको उनले बताए । काममा उनलाई श्रीमती र छोराले पनि सघाउँदै आएका छन् । उनले जमिन बाँझो राख्नेलाई यस्तै नगदे बाली लगाएर आम्दानी गर्न सुझाव दिए ।   पौडेलले गत वर्षदेखि रु ८० हजारको लगानीमा दश वटा मौरीका घारबाट मौरीपालन पनि शुरु गरेका छन् । कागतीको फूल मौरीका लागि उपयुक्त हुने र कागतीको परागसेचनका लागि मौरी उपयुक्त हुने भएकाले मौरीपालन पनि शुरु गरेको उनले बताए । मौरीका लागि मात्रै भनेर कुनै नयाँ मिहिनेत गर्नु नपरेको र महको बजार र मूल्य राम्रो भएकाले पनि मौरी पाल्न थालेको पौडेलले बताए ।  क्षत्रीको उत्पादनलाई जोगाउन गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा रु १० लाख ‘कोल्ड स्टोर’ निर्माणका लागि सहयोग गरेको छ । क्षत्रीले घर नजिकै कोल्ड स्टोर निर्माण गरेर उत्पादित कागती भण्डारण गर्न थालेका छन् । बेमौसममा विक्री गर्नका लागि कागती र मुस्ताङबाट स्याउ खरीद गरेर भण्डारण गरेको उनले बताए । ‘खेतबारीमा नियमित परिश्रम गर्ने हो भने बुढेसकालमा पनि अरुको भर पर्नुपर्दैन,’ उनले भने, ‘एकातिर स्वास्थ्य राम्रो हुने, अर्कोतिर आम्दानी पनि हुने ।’ उनले आफूले थालेको व्यवसायलाई अझै बढाउँदै जाने सोच रहेको बताए । रासस

हेलम्बुमा स्याउसँगै चिया खेती

स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरूलाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन ग

हेलम्बुमा स्याउसँगै चिया खेती

काठमाडौँ,११ असोज । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा […]

हेलम्बुमा स्याउसँगै चिया खेती

चौतारा । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन […]

म्याग्दीको गुर्जामा इटालियन जातको स्याउ खेती शुरु

साउन ७, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको अत्यन्त दुर्गम मानिएको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्व जातका इटालियन जातको स्याउका विरुवा लगाएर स्याउ खेती शुरु गरिएको छ । जिल्लामै पहिलो पटक इटालियन जातको स्याउको व्यावसायिक खेती गरिएको हो । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरिएको हो । इटालीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गुर्जामा खेती गरिएको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘गुर्जामा म्याग्दी जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो’, उनले भने, ‘१० रोपनी जग्गामा गत हिउँदमा रोपेको स्याउको बिरुवाले रोपेकै वर्षदेखि फल्न थालेकाले गुर्जामा सफल हुने देखिएको छ ।’ कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ बिरुवा खरीद गरिएको थियो । गुर्जामा स्याउखेतीका लागि गतवर्ष कृषि ज्ञान केन्द्रले रू. एक लाख ५० हजार र गाउँपालिकाले रू. पाँच लाख विनियोजन गरेको थियो । गुर्जाको नाइलीबाङमा २६ किसानले दश रोपनी पाखोबारीमा स्याउका बिरुवा लगाएका छन् । गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती भित्र्याइएको वडाध्यक्ष छन्त्यालले बताए । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजना बनाएका छन् ।  यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले गुर्जामा परीक्षणका लागि उच्च घनत्वको स्याउखेती गर्न इटलीबाट बिरुवा ल्याइएको बताए । ‘पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो’, उनले भने, ‘गुर्जामा उच्च घनत्वको स्याउखेती सफल भएमा खेर गइरहेको बाँझो जमीनलाई सदुपयोग गर्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छ ।’ गुर्जामा परीक्षण सफल भएमा उच्च लेकाली क्षेत्रहरुमा पनि यही प्रजातीको स्याउ खेती विस्तार गरिने कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ ।

बाजुरामा रोपेको दुइ महिनामै स्याउ फल्न सुरु,कृषक खुशी

बाजुराको गौमुल गाउँपालिकामा गत फागुनमा लगाएको नयाँ जातको स्याउ रोपेको दुइ महिनामै फलेपछि स्थानीमा निकै खुशी छाएको छ । गाँउपालिकाले त्यहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि विकास गर्नका लागि सधै बाँझो रहँदै आएको जमिनमा नयाँ प्रविधिको स्याउ खेती सुरु गर्दै आएको छ । गाउँपालिको कृषि विकास शाखाको प्राविधिक तथा कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक सहगोगमा २०७७ को फागुनमा रोपेको स्याउ २०७८ को वैशाखमै फल्नथालेपछि स्थानीयको मुहारमा खुशी छाएको हो । परीक्षणको रुपमा नयाँ प्रविधिको फुजी, गाला र गोल्डेन जातको स्याउ लगाएको एक वर्ष भित्रै त्यसले राम्रो नतिजा दिएपछि पुःन स्याउ खेती गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । यो वर्षमा पनि फागुनमा गौमुल १, ३, र ४ वडाको बाँझो रहँदै आएको जमिनमा एक हजार ६ सय गोल्डेन जातको स्याउ रोप्नको गौमुल गाउँपालिकाको कृषि शाखा प्रमुख दिपेन्द्र सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो् , कृषि ज्ञान केन्द्र बाजुराबाट एक हजार र गाउँपालिकाबाट ६ सय गरी यो वर्षमा एक हजार ६ सय बोट लगाएको थियो ।

बाँझो पाखोबारीमा स्याउखेती

जिल्लाको उत्तरी भेग सोरु गाउँपालिकाका कृषकले वर्षौंदेखि बाँझो रहेको पाखोबारीमा व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । आरसीडीसी नामक संस्थाले प्रतिघर सय वटासम्म स्याउका बिरुवा निःशुल्क दिएको छ ।