पर्वत : जिल्लाको महाशिला गाउँपालिका–१ होश्राङ्दीका जङ्गबहादुर शाहीले धान खेती गर्दै आएको जग्गा बाँझै छाडे। लगानी अनुसारको उत्पादन नभएपछि बाँझो छाडेको जग्गा आसपासबाट मोटर बाटो गएपछि त्यहाँ रहेको अरु जग्गा पनि बाँझो हुन थाल्यो। पाखो क्षेत्र भएकाले एक त उत्पादन नै कम त्यसमा पनि बाँदरको आतङ्कले खेती जोगाउनै समस्या।अब उनको जग्गा न त बाँझो रहेको न त लगाएको खेतीमा बाँदरले नै क्षति गर्न सक्ने छ। बाँझो जग्गाको सदुपयोग गर्ने उद्देश्यले गाउँपालिका र कृषकहरूले तरुल खेती गर्ने योजना बनाए। खाडल र मलको ज