काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले आज मलेसियाको सामना गर्दैछ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो चौथो खेलमा नेपाली टोलीले आज मलेशियासँग प्रतिस्पर्धा गर्न लागेको हो।
आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ। यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो…