काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्समा आज हङकङको सामना गर्दैछ। उज्बेकिस्तानको मज्मौसी स्टेडियममा पौने ४ बजे खेल सुरु हुनेछ।
समूह एफमा रहेको नेपालले यसअघि फिलिपिन्ससँग खेलिसकेको छ। उक्त खेलमा अग्रता बनाएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल २-१ गोल अन्तरले पराजित भएको थियो।
नेपाली टोलीका…