लुम्बिनी विकास बैंकले १० प्रतिशत बोन सेयर दिने, नगद कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ३.७१२ प्रतिशत नगद लाभांश गरेर कुल १३.७१२ प्रतिशत...

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

लुम्बिनी विकास बैंकले पोखरामा रहेको अन्नपूर्ण केबुलकारसँग ग्राहकलाई छुट दिनेबारे सम्झौता गरेको छ ।सम्झौता अनुसार बैंकका ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी अन्नपूर्ण केबुलकारको टिकट लिएबापत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ । पोखराको सेदीदेखि सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तव्य बनेको कम्पनीले जनाएको छ ।बैंकले देशका ७ वटै […]

सोमवार नेप्सेमा थपियो ३ करोड ७६ लाखभन्दा बढी कित्ता शेयर

फागुन १, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ ओटा कम्पनीहरुको ३ करोड ७६ लाख ८० हजार ७४१ दशमलव ७२ कित्ता शेयर सूचीकृत भएको छ । यो दिन नेप्सेमा बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनसीसी बैंक, आईसीएफसी फाइनान्स र हिमालयन डिष्टिलरीको बोनस शेयर सूचीकृत भएको हो । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९०, लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, मुक्तिनाथ विकास बैंकको १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर बापतको ८४ लाख ५६ हजार ३०० दशमलव ५३ कित्ता, आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार ४९४ कित्ता, एनसीसी बैंकको ८ प्रतिशत बोनस शेयर बापतको ८२ लाख ५१ हजार ६१३ दशमलव ३४ कित्ता र हिमालयन डिष्टिलरीको ७५ प्रतिशत बोनस शेयर बापतको ६५ लाख ७ हजार ७६७ दशमलव ८१ कित्ता शेयर सूचीकृत भएको हो । सोमवारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत

फागुन १, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९० र लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो । सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंक अफ काठमाण्डूले गत मंसिर २९ गते सम्पन्न वार्षिक साधारण सभा मार्फत र लुम्बिनी विकास बैंकले पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेका थिए । बैंक अफ काठमाण्डूले बोनस शेयर कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । लुम्बिनी विकास बैंकले पनि यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । यसर्थ, दुवै कम्पनीका शेयरधनीहरुले बोनस शेयरबापतको कर तिर्नुपर्ने छैन । बैंक अफ काठमाण्डूका शेयरधनीहरुले भने यस वर्ष कर बाहेक पनि नगद लाभांश पाएका छन् ।

लुम्बिनी  विकास बैंकको लाभांश संशोधन, १३ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । लुम्बिनी  विकास बैंकले लाभांश संशोधन गरेको छ । कार्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको भए पनि नेपाल राष्ट्र बैंकको  निर्देशन पछि बैंकले बोनसको हिस्सा बढाएर  कर प्रयोजनको लागि मात्रै नगद लाभांश प्रस्ताव गरेको छ । अब...

लुम्बिनी विकास बैंकको लाभांश संशोधन , बोनस दर बढ्यो

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited को लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने संशोधित लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७१२ प्रतिशत नगद लाभांश गरि कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीले १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश गरि कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड ६४ लाख रहेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

५५ अंकले बजार बढेसँगै ७ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो*

कात्तिक १४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार अघिल्लो कारोबार दिनको तुलनामा ५५ दशमलव ५० अंकले बढेको छ ।  सोही कारण कारोबारमा आएका २३२ ओटा धितोपत्रमध्ये सात ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  युनाइटेड इन्स्योरेन्स कम्पनी,चन्द्रागिरी हिल्स,सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी,लुम्बिनी विकास बैंक,पाँचथर पावर र साहस उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।  ती आठ ओटा कम्पनीमध्ये साहस उर्जा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको हो भने बाँकी कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  बजार बढेसँगै ती आठ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  युनाइटेड इन्स्योरेन्स कम्पनीको रू.७२४ दशमलव ९०, चन्द्रागिरी हिल्सको रू. १ हजार ६०६, सामुदायिक लघुवित्त वित्तीय संस्थाको रू.१ हजार ५४४, हिमालयन उर्जा विकास कम्पनीको रू. ५०९ दशमलव ३०, लुम्बिनी विकास बैंकको रू. ५७९ दशमलव ८०,पाँचथर पावर कम्पनीको रू.४६८ दशमलव ८० र साहस उर्जाको रू.४४५ दशमलव ८० पुगेको हो ।  *५५ अंकले बजार बढेसँगै ७ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

लुम्बिनी विकास बैंकले १३ प्रतिशत लाभांश दिने

लुम्बिनी विकास बैंकले सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट राष्ट्र बैंकबाट स्वीकृत भई १४औं वार्षिक साधारणसभाबाट पारितपछि लागू हुने गरी लाभांश वितरणको निर्णय गरेको हो । बैंक सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद दिने निर्णय गरेको हो ।यसअनुसार कम्पनीले १० […]

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७१२ प्रतिशत नगद लाभांश गरि कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड ६४ लाख रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

विकास बैंक समूहको परिसूचक ८% बढ्यो, ज्योति विकासको शेयरमूल्यमा सर्किट

जेठ १६, काठमाडौं । आइतवार बढेसँगै अधिकांश विकास बैंकहरुको शेयर मूल्यमा उछाल आएको छ । कारोबारको दोस्रो घण्टामा विकास बैंक समूहको परिसूचक ८ प्रतिशतले वृद्धि भएको छ ।  ज्योति विकास बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । शेयरमूल्य प्रतिकित्ता रू. ३६३ पुगेको छ । विकास बैंहरुको शेयरमा खरीदकर्ता अत्याधिक भएकाले शेयरमूल्य बढेको हो ।  आइतवार अधिकांश विकास बैंकहरुको शेयरमूल्यमा वृद्धि भएको छ । त्यसैगरी, सांग्रिला डेभलपमेण्ट बैंकको १० प्रतिशत, लुम्बिनी विकास बैंकको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशत र महालक्ष्मी विकास बैंकको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।   सांग्रिला डेभलपमेण्टको शेयरमूल्य प्रतिकित्ता रू. ३४१, लुम्बिनी विकास बैंकको रू. ३७६, महालक्ष्मी विकास बैंकको रू. ३६५ र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३६६ पुगेको छ ।

लुम्बिनी विकास बैंकले १०% लाभांश दिने

लुम्बिनी विकास बैंकले सेयर लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट लगानकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले १० प्रतिशत लाभांशमा ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद दिने प्रस्ताव गरेको छ ।बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने […]