सोमवार नेप्सेमा थपियो ३ करोड ७६ लाखभन्दा बढी कित्ता शेयर

फागुन १, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ ओटा कम्पनीहरुको ३ करोड ७६ लाख ८० हजार ७४१ दशमलव ७२ कित्ता शेयर सूचीकृत भएको छ । यो दिन नेप्सेमा बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनसीसी बैंक, आईसीएफसी फाइनान्स र हिमालयन डिष्टिलरीको बोनस शेयर सूचीकृत भएको हो । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९०, लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, मुक्तिनाथ विकास बैंकको १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर बापतको ८४ लाख ५६ हजार ३०० दशमलव ५३ कित्ता, आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार ४९४ कित्ता, एनसीसी बैंकको ८ प्रतिशत बोनस शेयर बापतको ८२ लाख ५१ हजार ६१३ दशमलव ३४ कित्ता र हिमालयन डिष्टिलरीको ७५ प्रतिशत बोनस शेयर बापतको ६५ लाख ७ हजार ७६७ दशमलव ८१ कित्ता शेयर सूचीकृत भएको हो । सोमवारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

कर्णाली सरकारद्वारा करिब १२ लाख कित्ता शेयर खरिद

काठमाडौँ,१५ पुष । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयरको […]

एनसीसी बैंकको साढे ७ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

एनसीसी बैंकको सस्थापक शेयर अन्तर्गत साढे ७ लाख बढी कित्ता बिक्रीमा रहेको छ ।

मध्य भोटेकोशीको ९० लाख कित्ता शेयर असाेज २० गने खुल्ने

काठमाडौं : मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले यसअघि सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पहिलो चरणको शेयर सोमबार बाँडफाँड सम्पन्न गरेको छ।  जसमा आयोजना प्रभावितले अधिकतम १९० कित्ता र अन्य जिल्लाबासीले ५० कित्तासम्म शेयर पाएका छन्।दोस

मैलुङ खोलाको ४३ कित्ता शेयर खरिदबिक्री, शेयरमुल्य कति ?

मैलुङ खोला जलविद्युत कम्पनीको कारोबार आज दोस्रो दिन ४३ कित्ता शेयर खरिदबिक्री भएको छ ।

मेगा बैंकको ५९ हजार कित्ता शेयर बिक्रिमा

काठमाडौं, ३१ भदौ । मेगा बैंक नेपालले ५९ हजार ६० कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर खरिदको सुचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कार्यालयमा निवेदन दिन अनुरोध समेत गरेको छ । शेयर खरिद गर्न कुनै पनि आवेदन नपरेमा प्रचलित नियमअनुसार बिक्रि प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ […]

लुम्बिनी बैंकले ४ लाख ९५ हजार कित्ता संस्थापक शेयर जारी गर्दै

काठमाडौं, १७ भदौ । लुम्बिनी विकास बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर भदौ १७ गतेदेखि बिक्रि गर्ने भएको छ । बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर विक्रीका लागि आज ३५ दिने सुचना जारी गरेको हो । बैंकले यो शेयर खरिदका लागि सम्बन्धित बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

स्वावलम्बन लघुवित्तको ११ सय कित्ता शेयर विक्रीमा

काठमाडौं, ९ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको छ । कम्पनीले सदस्य गोरी श्रेष्ठको नाममा रहेको प्रतिकित्ता ७ सय १ मुल्य तोकेर १ हजार १ सय ९० कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आजको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय […]

मेरो माइक्रोफाइनान्सको ५ लाख कित्ता शेयर आजदेखि लिलामीमा

काठमाडौं, २५ साउन । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २५) देखि ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । साउन ३२ गते सम्मका लागि विक्री खुला गरेको कम्पनीको लिलामी शेयर खरिद गर्न न्युनतम मुल्य प्रतिकित्ता ५९५ रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न तोकिएको मुल्य […]

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर आजबाट लिलामीमा

काठमाडौं, ५ साउन । आजदेखि प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा भएको प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले आजदेखि ५ सय रुपैयाँ प्रतिकित्ता तोकेर ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले शेयर खरिदको लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर न्युनतम ५ हजार देखि अधिकतम […]

निफ्रा बैंकको २० करोड कित्ता शेयर नेप्सेमा सूचीकरण

काठमाण्डौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । बैंक र नेप्सेबीच प्रति कित्ता एक सय रुपैयाँ मुल्य कायम भएको २० करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ करोड कित्ता शेयर सर्वसाधारण, कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि बिक्री खुला आह्वान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता शेयरसमेत गरी जम्मा २० करोड कित्ता शेयर वितरण भएर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । शेयर सूचीकरण सम्झौतापत्रमा नेपा...