विकास बैंक समूहको परिसूचक ८% बढ्यो, ज्योति विकासको शेयरमूल्यमा सर्किट

जेठ १६, काठमाडौं । आइतवार बढेसँगै अधिकांश विकास बैंकहरुको शेयर मूल्यमा उछाल आएको छ । कारोबारको दोस्रो घण्टामा विकास बैंक समूहको परिसूचक ८ प्रतिशतले वृद्धि भएको छ ।  ज्योति विकास बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । शेयरमूल्य प्रतिकित्ता रू. ३६३ पुगेको छ । विकास बैंहरुको शेयरमा खरीदकर्ता अत्याधिक भएकाले शेयरमूल्य बढेको हो ।  आइतवार अधिकांश विकास बैंकहरुको शेयरमूल्यमा वृद्धि भएको छ । त्यसैगरी, सांग्रिला डेभलपमेण्ट बैंकको १० प्रतिशत, लुम्बिनी विकास बैंकको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशत र महालक्ष्मी विकास बैंकको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।   सांग्रिला डेभलपमेण्टको शेयरमूल्य प्रतिकित्ता रू. ३४१, लुम्बिनी विकास बैंकको रू. ३७६, महालक्ष्मी विकास बैंकको रू. ३६५ र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३६६ पुगेको छ ।