सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले ४–५ वर्षदेखि कार्यरत करार कर्मचारीलाई निकाल्ने भएको छ। आर्थिक बोझ धान्न नसकिने अबस्था आएको भन्दै गाउँसभाबाट निर्णयै गराएर फागुन १ गतेबाट ती कर्मचारीलाई जागिरबाट बिदा दिने अवस्थामा गाउँपालिका पुगेको हो। फागुन २७ गते गाउँ सभाबाट पारित भएको निर्णय गाउँपालिकाले फागुन १ गतेबाट करार कर्मचारी हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। […]