राष्ट्रपतिमा अरुको मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौंः एमाले नेता

काठमाडौं, ११ फागुन । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसलाई मिलेर देखाउन चुनौती दिएका छन् । ‘त्यस्तो गठबन्धन बन्छ भने बनोस् न । हामीले पुस १० गते अघि पनि गठबन्धनको सरकार चलाउन छुट दिएकै हौं नि । प्रचण्ड पुरानो गठबन्धन छाडेर हामीसँग के कारणले मिल्न आउनुभएको थियो […]

सम्बन्धित सामग्री

‘सरकार हरायो सभामुख महोदय, खोजी गरिपाऊँ’

काठमाडौं, ७ भदौ । प्रतिनिधि सभाको शुन्य समय चलिरहेको थियो । शुन्य समयमा नेकपा (एमाले) बाट निर्वाचित सांसद् सूर्य थापाले बीचैमा उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले किन उठ्नु भएको ? भनेर प्रश्न गरेपछि उनले सरकार हराएको भन्दै खोजी गरिपाऊ भनी आग्रह गरे । त्यत्तिबेलासम्म सदनमा प्रधानमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद् रहेकोमा कोही पनि सहभागी […]

संसद्मा प्रधानमन्त्रीको खोजी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खोजी गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले संवैधानिक परिषद सम्बन्धी विधेयक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेश गर्न खोजेपछि उनीहरूले विरोध जनाएका हुन्। एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड बैठक उपस्थित रहेकाले उनले नै संसदमा विधेयक प्रस्तुत गर्नुपर्ने माग गरे। ‘प्रधानमन्त्रीज्यू बैठकमा हुनुहुन्छ। उहाँले प्रस्तुत गर्नुपर्ने विषय हो।

विराटनगरमा सेल्टर दाताहरूको खोजी अभियान सुरु

मोरङ – एमालेले मिसन ग्रासरुट अभियानअन्तर्गत विराटनगरमा सेल्टर दाताहरूको खोजी अभियान सुरु गरेको छ। एमाले महानगर कमिटी अध्यक्ष सागर थापाले भूमिगत समयमा पार्टीका नेताहरूलाई जोखिमसहित सेल्टर दिने दाताहरूको विराटनगरमा खोजी सुरु गरिएको जानकारी दिए। उनले विभिन्न जिल्लाबाट विराटनगरमा बसोवास गर्दै आएका र पार्टीमा नजोडिएका सेल्टर दातालाई खोजी गर्दै सम्मान गर्ने बताए। अध्यक्ष थापाले भने, ‘धेरै […]

कुखुराको चल्लाको खोजी हुन्छ तर एम अधिकारीकाे कसैले गरेन : गजेन्द्र महत

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद  महतले एमाले आफ्नो महत्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सिसी क्यामेरा खोज्दै हिँडेको टिप्पणी गरे। ‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघर तिर। यहाँ सबैभन्दा ठूलो पार्टीको एउटा महत्वपूर्ण विभागको एउटा केन्द्रिय सदस्य हराउनु भएको छ। उहाँको खोजी

एमालेभित्र अन्तर्घातीको खोजी

काठमाडौं, असार २० । नेपालका कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात गर्नेमाथि छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको हो । आइतबार पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बसेको सचिवालय बैठकले तीन सदस्यीय ‘छानबिन तथा कारबाही कमिटी’ गठन गर्ने निर्णय गरेको हो । एमाले […]

एसपीपीबारे प्रदीप ज्ञवाली : यत्रो दुस्साहस कहाँबाट पलायो होला ? खोजी गर्नैपर्छ

५ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) गर्ने दुस्साहस कहाँबाट आयो भनेर खोजी गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा एमाले सांसद ज्ञवालीले संयुक्त राष्ट्रसंघको निलो हेल्मेट लगाएर बाहेक संयुक्त अभ्यास गर्ने गरिएको बताए । उनले अघि भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस […]

ओली पक्षमा एमाले फुटाउन खोज्नेको खोजी र समिक्षा

काठमाडौं, १७ साउन । नेकपा एमाले फुटको संघारमा छ । औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको दोहोराएका छन् । यसअघि बालुवाटार छाडेर बालकोट पुग्दा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । तर, सहमतिका लागि ब्याक भएर प्रयास गरेका थिए । यसपटक भने उनले कडा […]

एमालेमा तेस्रो अध्यक्षको खोजी

लामो समयदेखि कचल्टिँदै आएको नेकपा एमालेको अन्तरविरोधले नयाँ आकार लिएको छ । तत्कालका लागि एमाले नफुट्ने पक्का भएको छ । आसन्न महाधिवेशनसम्म अन्तरिम कालका लागि केपी ओली र माधव नेपाल दुबैलाई अध्यक्ष बनाएर सम्झौता गर्ने गृहकार्य सुरु भएको छ । र, अब केही महिनाभित्रै हुने महाधिवेशनपछि ओली र नेपाल बाहेक तेस्रो अध्यक्षको खोजी गरिनेछ ।  अध्यक्ष ओलीले यसअघि नै आगामी महाधिवेशनबाट आफू अध्यक्षमा नदोहोरिने घोषणा गरिसकेका छन् । अब माधव नेपालले पनि आगामी महाधिवेशनबाट अध्यक्षको दाबी छोड्नुपर्ने ओली पक्ष

सत्ता समिकरणको सम्भावना खोजी गर्दै प्रचण्ड र खनाल-नेपाल

काठमाडौं । सत्ता समिकरणको खोजी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता भएको छ । कोटेश्वरस्थित एक घरमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बताएको छ । नेताहरुबीचमा सत्ता समीकरणको सम्भावनाबारे समेत छलफल भएको स्रोतको दावी छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि अलग भएका प्रचण्ड र नेपाल–खनाल समूहबीच कार्यगत एकताको प्रयास भइरहेको छ । एमालेभित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले खनाल–नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोसेपछि उनीहरु आक्रोशित बनेका छन् । यता, माओवादी केन्द्रले नेपाल पक्षसँग पुनः एकताको सम्भावना देखेपछि सर्वोच्च अदालतले गरेको निर्णयको पुनरावलोकन गर्ने जनाएको छ । यसअघि नेकपाबाट नेपाल समूह एमालेमै फर्किएपछि प्रचण्ड समूह पुनरावलोकनमा नजाने बताएको थियो । फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अमान्य घोषित गरेको थियो । अदालतले एमाले र माओवादी केन्द्र नै अस्तित्वमा रहेको फैसला सुनाएको थियो । यस्तै, माओवादी केन्द्रले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । आइतबार पेरिसडाडास्थित केन्द्रीय कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले नेकपा(माओवादी केन्द्र) बाट मन्त्री भएकाहरुलाई मन्त्री पद त्याग गरि सरकारबाट फिर्ता हुन केन्द्रीय कार्यालय बैठकले गरेको निर्णयलाई नै सदर गर्दै फिर्ता हुन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यता, नेकपा एमालेको प्रचण्ड–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई मान्यता नदिन आग्रह गर्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ । हालै एमालेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले माओवादी केन्द्रबाट आएका २३ नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गर्नुका साथै नेताहरुको जिम्मेवारी हेरफेर गरेको थियो ।