अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिपप्रोग्राम सम्झौताको ड्राफ्ट बाहिरिएकोबारे खोजी हुनुपर्छः ज्ञवाली

काठमाडौँ – एमाले सांसद प्रदीप ज्ञवालीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिपप्रोग्राम सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजी हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतबार सांसद ज्ञवालीले स्टेट पार्टनरसिपप्रोग्राम सम्झौताको ड्राफ्टलाई बेवारिसे भनेर टार्न खोजिएको बताए। उनले सो सम्झौताको विषय गम्भीर भएको भन्दै राज्यका निकायमा कसरी र कहाँ–कहाँबाट पुग्यो यसको उद्गमको खोजी गर्नुपर्ने बताए। […]