काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद महतले एमाले आफ्नो महत्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सिसी क्यामेरा खोज्दै हिँडेको टिप्पणी गरे। ‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघर तिर। यहाँ सबैभन्दा ठूलो पार्टीको एउटा महत्वपूर्ण विभागको एउटा केन्द्रिय सदस्य हराउनु भएको छ। उहाँको खोजी