काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खोजी गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले संवैधानिक परिषद सम्बन्धी विधेयक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेश गर्न खोजेपछि उनीहरूले विरोध जनाएका हुन्। एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड बैठक उपस्थित रहेकाले उनले नै संसदमा विधेयक प्रस्तुत गर्नुपर्ने माग गरे। ‘प्रधानमन्त्रीज्यू बैठकमा हुनुहुन्छ। उहाँले प्रस्तुत गर्नुपर्ने विषय हो।