यी नदीमा आउन सक्छ बाढी

काठमाण्डाै - आज देशका विभिन्न नदीमा बाढी आउन सक्ने चेतावनी दिइएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली, पश्चिम राप्ती, तिनाउ नदीका सहायक नदी तथा नारायणीका सहायक नदीहरु त्रिशूली, बुढीगण्डकी,  मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव बढ्ने अनुमान छ । केहीमा आकस्मिक बहाव भइ सतर्कता आसपास पुग्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ । आजदेखि देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्। विशेष गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चि...

सम्बन्धित सामग्री

किन आयो मुस्ताङमा बाढी ?

वर्षाका लागि छाया क्षेत्र मानिने मुस्ताङ र मनाङमा एकपछि अर्को गर्दै भारी वर्षा र बाढी आउन थालेपछि यसको कारण खोजी हुन थालेको छ।...

लगातारको झरीले जनजीवन प्रभावित, बाढी पहिरोको जोखिम

काठमाडौं : मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ।दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।त्यस्तै कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएकाले कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ। कान्द्रा नदी ब

पाँचथर : बाढी पहिरोले अवरुद्ध भएका सडक सञ्चालनमा आउन थाले

पाँचथर– पाँचथरमा अविरल वर्षासँगै आएको बाढी पहिरोले अवरुद्ध भएका सडकहरु सञ्चालनमा आउन थालेका छन् । निवु खोलाले पुलको जग बगाउनका साथै सडक कटान गर्दा अवरुद्ध भएको फिदिम–यासोक खण्ड बुधबार (आज) बिहानैदेखि सञ्चालनमा आएको छ । बाढीले बगाएको पुलको जगमा ढुंगा भरेर बगाएको सडक मर्मत गरिएपछि सडक सञ्चालनमा आएको हो । पुल र सडक कोसी करिडोरले मर्मत गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनुभयो । जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर निबु खोला सिवा दोभान क्षेत्रम...

माथिल्लो मर्स्याङ्दी ‘ए’ सञ्चालनमा आउन तीन महिना लाग्ने

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ । यही वर्षको असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढी÷पहिरोले ५० मेगावाट क्षमताको आयोजनामा क्षति पुगेको थियो ।गण्डकी प्रदेशअन्तर्गत रहेको आयोजनामा बाढी÷पहिरोका कारण क्षति पुगेपछि अहिले विद्युत उत्पादन भएको छैन । नदीमा आएको बाढीले आयोजनाको दुईवटै टर्बाइन लगायतका संरचनामा क्षती पुगेको छ ।बाढीले क्षति पुर्याएका अन्य संरचना पुनःनिर्माण भइरहे पनि टर्बाइन नयाँ ल्याउनुपर्ने आयोजनाले बताएको छ । र,

मेलम्चीमा हिजो राति फेरि बाढी

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्चीमा हिजो राति फेरि बाढी आएको छ ।  राति मेलम्ची खोलामा पानीको सतह बढेपछि सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको र अहिले भने पानीको सतह घटेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको थियो । अस्ति राति आएको त्यहाँ झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पुल बगाएको छ भने अरू नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ ।

मेलम्चीमा पुनः बाढी, सुरक्षित रहन आग्रह

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी तालामाराङसम्म आइपुगेको स्थानीयवासी भीमसेन थापाले जानकारी दिए […]

मेलम्चीमा पुनः बाढी, सुरक्षित रहन आग्रह

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी तालामाराङसम्म आइपुगेको स्थानीयवासी भीमसेन थापाले जानकारी दिए ।  पानी परेका कारण खोलामा पानीको सतह बढेको अनुमान हो । गए रातिदेखि आएको बाढीले गर्दा झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पु

वाग्मती र गण्डकी प्रदेशका धेरै जिल्लामा बाढी पहिरोको जोखिम उच्च

काठमाण्डौ - निरन्तर झरी परिरहेकाले आज देशका विभिन्न नदी तथा खोलाहरुमा बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  पछिल्लो २४ घण्टाको बाढी पूर्वानुमान गर्दै विभागले केही जिल्लाहरुमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।  वाग्मती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा बाढी पहिरोको  जोखिम उच्च रहेको जनाएका छन् । गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, नवलपुर, पाल्पामा पनि बाढी आउनसक्ने विभागले अनुमान गरेको छ । ...

आज यी नदीहरुमा आउन सक्छ बाढी, सतर्क रहन महाशाखाकाे आग्रह

काठमाडाैँ –  देशका विभिन्न स्थानमा वर्षा भइ नदीहरुमा बाढी आउन सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ। आज (मंगलबार)कन्काई, कोशी, कमला, बागमती, नारायणी जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव केही बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता […]

मेलम्चीमा फेरि आकस्मिक बाढी आउन सक्ने

काठमाडौं। हेलम्बु गाउँपालिका१ मा रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण यही असार१ गते मेलम्चीमा बाढी आएको पुष्टि भएको छ। हेलम्बु गाउँपालिकाका अनुसार भेमाथाङ्ग चौरको२५ प्रतिशत भाग मात्र पहिरो गएको छ। “बाँकी७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जानसक्ने भन्ने हालसम्म यकिन नभएकोले थप बाढी जान सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउनसमेत जानकारी गरिन्छ,”हेलम्बु गाउँपालिकाले आज विज्ञप्ति जारी गर्दै भनेको छ।