छायाँवृष्टी हुने भनिएको हिमालपारिको जिल्ला मुस्ताङमा बाढीले ठूलो क्षति पुर्याएको छ । मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले तल कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ ।
म्याग्दी । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले मुस्ताङ घुम्न गएका पर्यटकहरु बीच बाटोमा नै अलपत्र परेका छन् । दशैं तिहारको बिदामा मुस्ताङ घुम्न गएका पर्यटकहरु अलपत्र परेका हुन् । मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्याएको छ । अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूलाठूला ढुङ्गा, लेदो माटो […]