मेलम्चीमा फेरि आकस्मिक बाढी आउन सक्ने

काठमाडौं। हेलम्बु गाउँपालिका१ मा रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण यही असार१ गते मेलम्चीमा बाढी आएको पुष्टि भएको छ। हेलम्बु गाउँपालिकाका अनुसार भेमाथाङ्ग चौरको२५ प्रतिशत भाग मात्र पहिरो गएको छ। “बाँकी७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जानसक्ने भन्ने हालसम्म यकिन नभएकोले थप बाढी जान सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउनसमेत जानकारी गरिन्छ,”हेलम्बु गाउँपालिकाले आज विज्ञप्ति जारी गर्दै भनेको छ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक, रामेछाप, तनहुँ, सप्तरीसहितका साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाण्डाै - सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ । निरन्तर पानी परेकाले त्यस क्षेत्र भएर बहने स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै, भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन भनिएको छ । यस्तै विष्णुमतीमा पनि पानीको सतह बढिरहेकाले काठमाण्डौको बल्खु आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको  छ । पानी सडक किनार र बस्तीमा जान सक्ने भएकाले महाशाखाले ...

कास्की र बर्दियामा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, बर्दियामा पनि ठूलो वर्षा भएको छ । बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

३ घण्टादेखि नवलपुरमा भारी वर्षा, बेलुकासम्मै सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – नवलपुरमा अहिले ठूलाे पानी परिरहेकाे छ । पछिल्लो तीन घण्टामा नवलपुरको अरुण बतासा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले जनाएको छ ।  अरुणखोला लगायतका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन विभागले जनाएको छ । नारायणी नदीमा पनि आज ठूलो बाढी आएकाले सतर्कता अपनाउन विभागले बिहानै सूचना जारी गरेको छ ।

कोशी र नारायणी नदीमा बाढी, अरु नदी खोलामा पनि आकस्मिक बाढीको जोखिम

काठमाण्डाै - कोशी र नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।  यस्तै झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सङ्खुवासभा, काठमाण्डौ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी, पाल्पा, कालीकोट र दार्चुला आसपास भएर बहने न...

लगातारको झरीले जनजीवन प्रभावित, बाढी पहिरोको जोखिम

काठमाडौं : मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ।दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।त्यस्तै कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएकाले कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ। कान्द्रा नदी ब

लुम्ले र जुमलेटीमा अतिभारी वर्षा, आकस्मिक बाढीको जोखिम

मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । आज राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति भारी वर्षामापन भएको छ ।आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने  कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

कास्कीलगायत जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

कास्की, पाल्पा, अर्घाखाँची, नवलपरासी (ब.सु.पश्चिम), गुल्मी र आसपास धेरै स्थानमा भारी वर्षा भइरहेकाले सो क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।शनिबार बिहान सूचना जारी गर्दै महाशाखाले यी जिल्लाहरु भइ बहने स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने बताउँदै उक्त जिल्लाका साना नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । उक्त जिल्ला भई यात्रा गर्दा पहिरो र गेग्रान वहावको जोखिम हुने भएकाले विहान ९ बजेसम्म यात्रा गर्दा उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ

बाजुराको बुढीगंगा नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह

काठमाडौं : बाजुराको गौमुल गाउँपालिकामा गएको पहिरोले बुढीगंगा नदी थुनिएको छ। पहिरोबाट नदी थुनिन गएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले पहिलो खुल्दा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कर्ता अपनाउन भनेको छ।

६ घण्टादेखि भारी वर्षा हुँदा आकस्मिक बाढीको चेतावनी

पूर्वी राप्ति जलाधारको रजैया, मकवानपुगढी र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले आकस्मिक बाढीको चेतावनी दिइएको छ । बाढी पूर्वानुमान महाशाखाले बुधवार बिहान ट्विटरमा सूचना राख्दै पछिल्लो ६ घण्टादेखि भारी वर्षामापन भएको जनाएको छ । ‘जलाधारका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने, नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउनुहोला,’ महाशाखाले जनाएको छ ।